शुक्रवार, आश्विन १ २०७८
सिन्धुपाल्चोक - मेलम्ची नगरपालिका वडा नं. १२ स्थित एक सामुदायिक विद्यालयमा कार्यरत दुई शिक्षिकालाई विद्यालय परिसरभित्र आफ्नो मातृभाषा बोल्न प्रबिन्ध लगाएको छ ।
बाँसबारीस्थित श्री कालिका देवि माध्यमिक विद्यालयका शिक्षिक अनिता तामाङ र विमला तामाङलाई विद्यालय परिसरभित्र (मातृभाषा) तामाङ भाषा बोल्न प्रतिबन्ध लगाएको हो ।
संविधान अनुरुप नेपालमा बोलिने सबै भाषा राष्ट्र भाषा भएको र बोल्न र लेख्ने अधिकार दिए पनि सिन्धुपाल्चोको एक विद्यालयमा भने तामाङ भाषा माथि प्रतिबन्ध लगाएको बताइएको छ।
श्रोतका अनुसार मातृभाषा माथि प्रतिबन्ध मात्र लगाएनन् उनले शिक्षिकालाई गाली गलौच गरी अपमानजनक व्यवाहार समेत देखाएका छन् । विद्यालय परिसरभित्र (मातृभाषा) तामाङ भाषा बोल्न नपाउने बन्दै शिक्षक कर्मचारी र विद्यार्थीहरुको विच अपमानजनक रुपमा प्रधानाध्यपक निरजन गिरीले गाली गलौच गरेको शिक्षिका अनिता तामाङले बताइन् ।
शिक्षिका तमाङले ‘हामीले दुई चार शब्द मात्रै बोलेका थियौ’ तर प्रधानाध्यपकले शिक्षक शिक्षिका र विद्यार्थीहरुकै विच ‘यो विद्यालय हो तपाईहरुको घर होइन । यहाँ तामाङ भाषा बोल्न पाइदैन । बोल्ने भए घर जानुस भन्नुभयो ।’ उनले भनिन् ‘प्रधानाध्यपकले अराजकशैलिमा प्रस्तुत भएर बोल्दा शिक्षक र विद्यार्थीहरुका विच हामी अपमानित भएको महसुस भएपछि हामी आफ्नो आत्मासम्मानका लागि आन्दोलन उत्रन बाध्य भएका छौँ ।’
सो स्कुलको प्रधानाध्यापक ले भाषाको बहाना बनाएर पटक पटक मानासिक तनाब दिने, बैठकमा पनि जे गर्न सक्छस गर भनेर धम्की दिने, मातृभाषालाई बन्देज लगाउनु खोज्नु आफुलाई अपमान र अपहेलना गरेको महसुस भएको शिक्षिकाहरुको भनाइ छ ।
सरकारले मातृभाषा शिक्षा पठनपाठन गर्न स्विकृति दिएको जिल्लामा मातृभाषा बोलेकै विषयलाई विद्यालयले दुई शिक्षिकालाई गरेको व्यवहार मनान योग्य नभएको भन्दै नेपाल तामाङ विद्यार्थी घेदुङले विज्ञप्ती जारी गरेको हो ।
‘नेपालको संविधानको धारा ३१ को शिक्षा सम्बन्धि हक र धारा ३२ को भाषा तथा साँस्कृतिक हक अनुसार राज्यको प्रत्येक नागारिकले आफ्नो मातृभाषमा शिक्षा आर्जन गर्न, पठनपाठन गर्न पाउने व्यवस्था छ ।