Oct 04 2026 | २०८३, आश्विन १८ गते

ए- लेभल

वैकल्पिक माध्यमबाट परीक्षा लिनुपर्ने ए–लेभलका विद्यार्थीहरुको माग ।

वैकल्पिक माध्यमबाट परीक्षा लिनुपर्ने ए–लेभलका विद्यार्थीहरुको माग ।

  • 588
    SHARES

  • वैकल्पिक माध्यमबाट परीक्षा लिनुपर्ने ए–लेभलका विद्यार्थीहरुको माग ।

    काठमाडौ -  ब्रिटिश काउन्सिलले वैकल्पिक माध्यमबाट परिक्षा लिनुपर्ने भन्दै ए–लेभलका विद्यार्थीहरुले माग गरेका छन् । नजिकिएको दशैंतिहारमा हुने भिडको कारण कोभिड- १९ को जोखिम बढ्ने भन्दै ब्रीटिश काउन्सिललाइ वैकल्पिक माध्यमबाट परीक्षा लिन माग गरेका हुन् ।

    विद्यार्थी द्वारा रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य जोखिमको विषम परिस्थितिका कारण वैकल्पिक माध्यमबाट परीक्षा लिनुपर्ने माग गरेका हुन् ।  पत्रकार सम्मेलनमा बोल्दै ए–लेभलका विद्यार्थीले भने, यदि भौतिक रुपमा परीक्षा लिने हो भने ब्रिटिश काउन्सिल वा सरकारले विद्यार्थीहरुको जिम्मेवारी लिनुपर्ने बताए ।

    उनिहरुले भने,‘वैकल्पिक माध्यमबाट परीक्षा लिन माग गर्दा ब्रिटिश काउन्सिलले कसैको ग्यारेन्टी लिन नसक्ने जवाफ दियो ।’ कोभिड -१९ को जोखिम र नजिकिँदै गरेको चाडबाडको कारण पनि भौतिक रुपमा परीक्षा दिन सहज नहुने उनको भनाई थियो ।

    उनिहरुले २ महिनाको लामो अन्तरालमा विद्यार्थीले निर्धक्क भएर परीक्षा दिन पाउनुपर्ने सरकारसँग माग राखे ।

    सरकारले विद्यार्थीलाई प्रवेशपत्रको आधारमा कोरोना खोप लगाउने व्यवस्था गरेपनि अहिले सम्म सबै साथीहरुले प्रवेश पत्र नै नपाएको बताए ।

    उनले भने,‘ब्रिटिश काउन्सिलले विद्यार्थीलाई कोरोना लागे के गर्नुहुन्छ भनेर सोध्दा उल्टै पैसा सबै फिर्ता दिन्छु भन्यो ।’ ब्रिटिश काउन्सिलको गैरजिम्मेवारीपनले विद्यार्थीहरु थप मानसिक तनावमा परेको समेत बताए ।

    उनिहरुले खोपको व्यवस्था नभएकोले भौतिक परीक्षा रोक्न माग समेत गरे । उनिहरुले भने, ‘हाम्रा धेरै साथीहरु १८ वर्ष नपुेको कारणले कोरोना विरुद्धको खोप लगाउनबाट बन्चित भएका छन् ।’

    यता ‘ब्रिटिस काउन्सिलले भने आफुहरु कन्सिडर गर्छौ तर पुरै जिम्मेवारी लिन नसक्ने जवाफ दियो ।’

    यता क्याम्ब्रिज विश्वविद्यालयले वैकल्पिक माध्यमलाई मान्यता दिनेहुँदा ब्रिटिश काउन्सिलले वैकल्पिक माध्यमबाट परीक्षा लिनुपर्ने उनको माग छ ।

     

    images
    आइतवार, आश्विन १० २०७८०४:३०:४८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार