Oct 04 2026 | २०८३, आश्विन १८ गते

हेडमास्टर बने डन-फेरी कुटे विद्यार्थी: क्रान्तिकारीद्वारा कार्बाहीको माग। (बिज्ञप्ति सहित)

हेडमास्टर बने डन-फेरी कुटे विद्यार्थी: क्रान्तिकारीद्वारा कार्बाहीको माग। (बिज्ञप्ति सहित)

  • 1.6K
    SHARES

  • हेडमास्टर बने डन-फेरी कुटे विद्यार्थी: क्रान्तिकारीद्वारा कार्बाहीको माग। (बिज्ञप्ति सहित)

    कञ्चनपुर-  भीमदत्त नगरपालिका ०९ मटैनाको बैजनाथ सिद्धनाथ माविका हेडमास्टर खडक सिङ विष्टले फेरि कक्षा १० मा अध्ययनरत एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन । आइतबार विद्यालय संचालनका लागि छात्र लक्ष्मण नाथमाथि प्रअले कुटपिट गरि घाईते बनाएका हुन ।

    यसअघि तीन पटक यसैगरि विद्यार्थीलाई कुटपिट गर्दा हिरासतमा समेत बसेका र विद्यार्थीहरुले कालो मोसो दलेका हेडमास्टरले पुन:विद्यार्थी माथी कुटपिट गरेको यो चौथो घटना हो । बिष्ट ६ महिना पहिले सोही बिद्यालयकी कक्षा ९ मा पढ्ने मनिसा नाथलाई समेत निर्घात कुटपिट गरि हिरासत बसेका हुन्।

    श्रोतका अनुसार ढोकामा हात्तीले हानेको निहुँ बनाएर प्रअ विष्टले नाथमाथि कुटपिट गरेका थिए । घाईतेका ठुलाबाबु करन नाथले प्र.अ.को कुटाईबाट घाईते भएका विद्यार्थीको धनगढी स्थित निसर्ग अस्पतालमा उपचार भईरहेको बताए । ‘प्रअ जस्तो मान्छेले लात्ताले विद्यार्थीमाथि निर्धात कुटपिट गरे, ‘उनले भने, ‘पढन स्कुल गएका विद्यार्थी घाईते भएर घर फर्किए ।

    ’ received_415196183461605.jpeg

    प्र.अ. बिष्ट द्वारा  कुटपिट गरिएका विद्यार्थी हाल धनगढी स्थित निसर्ग अस्पतालमा उपचाररत।

      त्यसैगरी विद्यार्थी कुटपिट को बिरोधमा नेकपा विप्लव निकट अखिल (क्रान्तिकारी) ले विद्यार्थी कुट्ने प्रअमाथि कार्बाहीको माग अघि सारेको छ । अखिल (क्रान्तिकारी) कञ्चनपुरका अध्यक्ष टेकेन्द्र पाठकद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा पीडित विद्यार्थीको न्यायको माग अघि सारिएको छ । यदि माग पूरा नभए विद्यार्थीहरुले आफै कडा कार्बाही गर्ने चेतावनी समेत बिग्यप्ति मार्फत चेतावनी दिएको छ।

    यसैगरी हेडमास्टर बिष्टले पटकपटक विद्यार्थी माथी अपराधी क्रियाकलाप गर्दा नगरपालिका, शिक्षा इकाइ समिती तथा सरोकार वाला निकाय समेत मुखदर्शक बनेको स्थानीय अभिभावक हरुको भनाइ छ। यद्यपि प्रहरीले भने घटना बारे छानबिन भईरहेको जनाएको छ ।

    यस्तो छ बिग्यप्ती ।

    Screenshot_20211004-211905_Facebook.jpg

    images
    सोमवार, आश्विन १८ २०७८०९:४२:०४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार