Oct 04 2026 | २०८३, आश्विन १८ गते

शिक्षा मन्त्री देवेन्द्र पौडेल नियुक्ति ।

शिक्षा मन्त्री देवेन्द्र पौडेल नियुक्ति ।

  • 1.1K
    SHARES

  • शिक्षा मन्त्री देवेन्द्र पौडेल नियुक्ति ।

    काठमाडौ - प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा देवेन्द्र पौडेललाई  नियुक्त गरेकी छिन् । सरकार गठन भएको ८८ दिन पछि प्रधनमन्त्री देउवाले  मन्त्रिपरिषद्लाई पूर्णता दिएसंगै शिक्षा मन्त्रालयले पनि नेतृत्व पाएको हो ।

    राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा (७६) को उपधारा (१) बमोजिम माओवादी केन्द्रका केन्द्रिय नेता पौडेललाई शिक्षा मन्त्रीमा  नियुक्त गरेकी हुन् ।

    बाग्लुङको अमलाचौर, बड्डाडाँमा २०२१ साल पुस २८ गते जन्मेका पौडेल २०३६ सालमा विद्यार्थी आन्दोलनमा सहभागी भएर आफ्नो राजनैतिक यात्रा सुरु गरेका थिए।त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर पौडेलले अखिल छैठौंको जिल्ला र केन्द्रको नेतृत्व  गर्दै पार्टीको राजनीतिमा सक्रिय रहदै आएका थिए।

    २०७४ मंसिरमा सम्पन्न आम निर्वाचनमा बाग्लुङ क्षेत्र नम्बर २ बाट  विजयी भएर प्रतिनिधि सभामा सदस्य भएका हुन् । सशस्त्र विद्रोहमा १० वर्ष धेरै भूमिगत भएका थिए ।

    त्यसैगरी मन्त्रीमण्डलमा शिक्षा राज्यमन्त्रीको रुपमा धनुषाकी सांसद बोधमायाकुमारी यादवलाई नियुक्त गरिएको छ । यादव माओवादी आन्दोलनका शहीद स्व.राम वृक्ष यादवकी छोरी हुन् ।

    उनी शहीद परिवार र मधेसी कोटाको समानुपातिकबाट निर्वाचित सांसद् हुन् ।  २०४४ सालमा अखिल छैठौंको जिल्ला समिति सदस्यबाट विद्यार्थी राजनीतिमा आवद्ध उनी २०५८ सालमा माओवादी निकट अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य थिइन् । जिल्ला तहका विभिन्न पदमा रहेर राजनीति गरेकी उनलाई २०७० सालमा एकीकृत माओवादीले पोलिटब्युरो सदस्य बनाइएको थियो।

    सशस्त्र विद्रोहको समयमा नेपालको शिक्षा प्रणालीलाई बर्जुआ शिक्षा पढ्नु हुँदैन भन्ने माओवादीले यस अघि पनि शिक्षा मन्त्रालय सम्हाली सकेको छ । सशस्त्र द्वन्द्वका समयमा विस्थापित भएका शिक्षकलाई अहिले सम्म पटक पटक मन्त्रालय सम्हाल्दा पनि स्थापित गर्न नसकेको माओवादीले कस्तो क्रान्तिकारी शिक्षा प्रदान गर्ने नीति तथा कार्यक्रम ल्याउँछ भन्ने मन्त्री मण्डल पुनर्गठन भएसंग चर्चामा आएको छ ।

    शिक्षा मन्त्रालय ले मन्त्री पाए संगै शिक्षक सेवा आयोग मा भएको उल्झन समेत समाधान हुने आसा बढेको छ। हाल देशैभरी १७ हजार भन्दा बढी रिक्त दरवन्दी , शिक्षक सरुवा बढुवा र शिक्षक नियमावली मा भएका समस्याको समाधान गर्ने प्रक्रिया अगाडि बढ्नेछ।

     

    images
    शनिवार, आश्विन २३ २०७८०८:०८:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार