Jul 27 2026 | २०८३, श्रावण ११ गते

चिकित्सा शिक्षा अध्यायन गर्न ४०० विदेशी विद्यार्थी नेपाल आए ।

चिकित्सा शिक्षा अध्यायन गर्न ४०० विदेशी विद्यार्थी नेपाल आए ।

  • 850
    SHARES

  • चिकित्सा शिक्षा अध्यायन गर्न ४०० विदेशी विद्यार्थी नेपाल आए ।

    काठमाडौ - चिकित्सा शिक्षा अध्यायनको लागि ४०० विद्यार्थी नेपाल आएका छन्। चिकित्सा शिक्षाका विभिन्न विषयमा अध्ययन गर्न यति धेरै विद्यार्थी नेपाल आएका हुन् । नेपाल आउने मा सबैभन्दा बढी भारत बाट रहेको चिकित्सा शिक्षा आयोगका सचीव डिल्लिराम लुइँटेलले बताए।    

    ‘नेपालमा यो वर्ष भारत, भूटान, श्रीलंका, पाकिस्तान, इष्टट्युमोर लगायतका करिब ४०० विद्यार्थी स्नातक तहमा अध्ययनका लागि आएका छन् ।’ उनले भने, ‘चिकित्सा शिक्षामा धेरै भारतका विद्यार्थी आएका छन् ।’ लुइटेलका अनुसार चिकित्सा शिक्षाको स्नातक तहमा अध्ययन गर्न एकीकृत प्रवेश परीक्षा र सम्बन्धित देशको परीक्षा पास भएका विद्यार्थी सिधै भर्ना हुन पाउछन् ।   

    त्यसैगरी विभिन्न बिज्ञाहरुले नेपाल चिकित्सा शिक्षाको उत्कृष्ट गन्तव्य बन्न सक्ने बताए । उनिहरुले यसका लागि सरकारले शुल्कमा एकरुपता कायम गर्न सक्नु पर्ने बताए ।

    आयोगले तोकेको शुल्कअनुसार शैक्षिक सत्र २०७७–७८ का लागि एमबीबीएसमा ४० लाख, २३ हजार २५० हो। यसमा १.६ ले वृद्धिगर्दा विदेशी विद्यार्थीको हकमा ६४ लाख ३ हजार ७२० हुन आउँछ।

    त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) डिन कार्यालयले विदेशी विद्यार्थीका हकमा ९० हजार १६ अमेरिकी डलर तोकेर भर्नाका लागि आव्हान गरेको छ । तोकिएको शुल्कका एक तिहाइ बराबरको शुल्क ३० हजार ५ डलर हिमालयन बैंकमा जम्मा गरेर भर्ना हुन आउन विदेशी विद्यार्थीलाई सूचना जारी गरेको छ ।

    त्यस्तै, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विदेशी विद्यार्थीको हकमा ७४ हजार ५५५ अमेरिकी डलर तोकेर भर्नाको समयमा २५ हजार ४४० अमेरिकी डलर शुल्क तिर्न सूचना जारी गरी सकेको छ ।

    काठमाडौं विश्वविद्यालय (केयु) ले ६४ लाख ७२० रुपियाँमै विदेशी विद्यार्थी एमबीबीएसमा भर्ना लिने भएको छ । यस्तो शुल्कमा ठुलो अन्तराल भएपछि विदेशी विद्यार्थी भित्र्याउने भन्दा भगाउने काम हुने केयुका पूर्व उपकुलपति प्राडा सुरेशराज शर्माले बताए ।

    ‘आर्थिक, शैक्षिक आधारमा नेपाल चिकित्सा शिक्षाको उत्कृष्ट गन्तव्य बन्न सक्छ ।’ शर्माले भने, ‘नेपालको युवा शक्ति उत्कृष्ट शिक्षाको खोजीमा विदेशिएका छन्, यसले गर्दा बौद्धिक पलायन भएर राष्ट्र विकासमा क्षति भइरहेको छ त्यसैले सरकारले शिक्षा प्रदायक संस्थालाई शैक्षिक वातावरण दिनुपर्यो, शुल्कमा एकरुपता गर्नुपर्यो ।’ 

    त्रिवि सम्बद्ध प्रतिष्ठान तथा कलेज, काठमाडौं विश्वविद्यालय, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीपी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका शिक्षण संस्थामा एमबीबीएस भर्नाका लागि भर्ना हुन इच्छुक छन् । कतिपयले भर्ना गरिसकेका छन् भने कतिपय भर्ना हुने तयारीमा छन् ।

     

    images
    आइतवार, आश्विन २४ २०७८०९:०६:०३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार