सोमवार, मंसिर १५ २०७७
विकास र सुरुवाती सिकाइ बाल विकास र सुरुवाती सिकाइ मुख्य सन्देश -
१ बाल विकास र सुरुवाती सिकाइ मुख्य सन्देश
२ बाल विकास र सुरुवाती सिकाइ मुख्य सन्देश -
३ बाल विकास र सुरुवाती सिख मुख्य सन्देश -
४ बाल विकास र सुरुवाती सिख मुख्य सन्देश-
५ नानी कसरी विकसित हुन्छ
एक माहिना सम्म नौ महिना सम्म 12 महिना सम्म दुई वर्षसम्म तिन वर्षसम्म पाच वर्ष सम्म बचपनको पहिले आठ वर्ष धेरै महत्त्वपूर्ण हुन्छ, खासगरी पहिलो तिन वर्ष। यो समय भविष्यको स्वास्थ्य, बढाइ र विकासको बुनियाद हुन्छ।
अर्को कुनै पनि समयको तुलनामा यो समयमा नानी छिट्टो सिक्दछ। शिशु र नानी तब अझ छिट्टो विकसित र केही तेज गतिले सिक्दछन्, जब उनीहरूलाई प्रेम र ध्यान, सहानुभूति र मानसिक उत्तेजनाको साथै पोषक भोजन र स्वास्थ्यको राम्रो हेरचाह पाउँछ। सबै नानीहरूलाई जन्मिए पछि कानुनी पञ्जीकरण, स्वास्थ्यको हेरचाह, राम्रो पोषण, शिक्षा र नोक्सानको भरपाई, दुरव्यवहार वा भेदभावबाट सुरक्षा पाउने अधिकार छ । के सुनिश्चित गर्ने मातापिता र सरकारको कर्तव्य हो भने यी अधिकारहरूलाई सम्मानित, सुरक्षित तरिकाले पुरा गरिँदै छ कि छैन्।
बाल विकास र सुरुवाती सिकाइ मुख्य सन्देश -१
पहिले आठ वर्षमा र खास गरी पहिलो तिन वर्षको बेला, नानीको हेरचाह र ध्यान बहुत जरूरी छ र यसको असर नानीको पूरै जीवनमा पर्दछ। सुरुआती वर्षहरूमा हेरचाह र ध्यानले नानीहरूलाई फल्ने-फुल्नेमा मदत गर्छ ।
नानीहरूलाई छाम्दा, काखमा लिँदा र कुरा गर्दा तिनीहरूको बढाइलाई उक्साउँछ। आमाको नजिक र भोक लाग्दा उसलाई आमाको दुध पाउनु, नानीमा सुरक्षाको भावना बढ्ने काम गर्छ। नानीहरूलाई आमाको दुधको आवश्यक पोषण र सुख-चैन दुवैका लागि हुन्छ।
केटा होस् या केटी, दुवैको एक जस्तै शारीरिक, भावनात्मक, मानसिक र सामाजिक आवश्यकताहरू हुन्छन्। सिक्ने क्षमता दुवैमा बराबर हुन्छ । माया, ध्यान र सहानुभूतिको आवश्यकता दुवैलाई हुन्छ। साना नानी रोएर आफ्नो आवश्यकता बताउँछन्। नानी रोएमा तुरन्त चासो लिने, उसलाई उठाउने र मज्जाले कुरा गर्दा उसमा विश्वास र सुरक्षाको भावना पैदा गर्छ।
जुन नानीहरूमा रगतको कमी छ, कुपोषित छ या बार-बार बिरामी हुन्छन्, उनीहरू स्वस्थ नानीको तुलनामा डर र पीडाको शिकार सजिलै हुन सक्छन् जसले उसमा खेल्ने-कुद्ने, खोजबीन गर्ने या अरूसित खेल्ने कुद्ने चाहनाको अभाव उत्पन्न गर्नेछ। यस्ता नानीहरूलाई खान-पिनका लागि विशेष ध्यान र हौसलाको आवश्यकता हुन्छ। नानीहरूको भावनाहरू साँचो र बलियो हुन्छ। नानी केही गर्न चाहन्छ या मनपरेको चिज पाउनमा असमर्थ हुन्छभने ऊ कुण्ठित हुन सक्छ।
नानी प्राय अज्ञात मानिससित या अन्ध्यारासित डराउँदछन्। जुन नानीहरूको करतुतमा हाँसिन्छ, उनीहरूलाई सजाय दिइन्छ, ऊ ठुलो भएर लजालु र आफ्नो भावनाहरू सामान्य रूपले राख्नमा असमर्थ हुन सक्छ। हेरचाह गर्नेले नानीको मनको भावनाहरूको प्रति संयम र सहानुभूति देखाउँछन् भने उसको प्रसन्नचित्त, सुरक्षित र सन्तुलित तरिकाले बढने सम्भावना अधिक हुन्छ।
शारीरिक सजाय वा हिंसाको प्रदर्शन नानीको विकासलाई नोक्सान पुर्याउन सक्छ। रिसमा जुन नानीलाई सजाय दिइन्छ, खुद ऊ बढी हिंसक हुने सम्भावना बढ्दछ। माता-पिता दुवैका साथै परिवारको अन्य सदस्यहरूलाई पनि नानीहरूको हेरचाहमा सामेल गर्नुपर्ने आवश्यकता हुन्छ। पिताको भूमिका खास गरी महत्त्वपूर्ण हुन्छ।
पिता प्रेम, लगाव र उत्तेजना पाउने नानीको आवश्यकता पुरा गर्ने प्रयासलाई सुनिश्चित गर्न सक्छ अनि नानीलाई राम्रो शिक्षा, राम्रो पोषण प्राप्त होस् र उसको स्वास्थको सही हेरचाह होस्। पिताले सुरक्षित र हिंसा मुक्त वातावरणलाई पनि सुनिश्चित गर्न सक्छन्। पिताले घरेलु काममा पनि सगाउन सक्छन्, खास गरी जब आमाले नानीलाई दुध खुवाइरहेकी हुन्छन्।
बाल विकास र सुरुवाती सिकाइ मुख्य सन्देश - २
जन्मिए पछि नै नानीहरू सिक्न लाग्दछन्। उनीहरूले पौष्टिक भोजन र स्वास्थको सही हेरचाहको साथ न्यानो माया, ध्यान र प्रशंसा पाए भने उनीहरू छिटो बढ्दछन् र छिटो सिक्दछन्।
आफूसित टाँसेर राख्ने र जन्म भएको एक घण्टाको भित्र नानीलाई आमाको दुध खुवाउनाले, शिशुहरूको राम्रो वृद्धि र विकासमा मदत गर्छ तथा आमाको साथै नानीको खास सम्बन्ध कायम गर्छ। छुने, सुन्ने, सुँघ्ने, हेर्ने तथा चाख्ने, सिकाइको त्यो औजार हो जसले नानीलाई आफ्नो छेउछाउको दुनियालाई अनुभव गर्ने कोशिश गर्छ।
जब नानीसित कुरा गरिन्छ, उनीहरूलाई छोइन्छ र अङ्कमाल गरिन्छ र जब उनीहरू चिनेको अनुहार हेर्दछन्, परिचित आवाजहरू सुन्दछन् र फरक-फरक चिजहरू समात्दछन् भने उसको दिमाग तेज गतिले बढ्दछ। जन्मदेखि नै जब ऊ प्रेम र सुरक्षाको अनुभव गर्छ र जब लगातार खेल्छ र परिवारको मानिससित घुल-मिल गर्छ भने छिटो सिक्छ। सुरक्षाको अनुभव गर्ने नानी खासगरी स्कुलमा उत्कृष्ट हुन्छ र जीवनको कठिनाइहरूको सामना सजिलै गर्छन्।
माग भएमा पहिले छ महिनासम्म मात्र आमाको दुध, छ महिनाको उमेरमा सुरक्षित र पौष्टिक भोजन पाउने सही समयमा सुरुआत गरी दुई वर्ष या त्योभन्दा ज्यादा समयसम्म आमाको दुधको सेवन नानीलाई पोषण र स्वास्थ्य लाभ उपलब्ध गराउँछ, साथ साथै हेरचाह गर्नेसित लगाव र सम्बन्ध बनाउँछ। नानीका लागि विकास र सिकाइको सबैभन्दा जरूरी बाटो अर्कासित उसको मिलजुल हुनु हो।
माता-पिता र हेरचाह गर्ने वाला नानीको साथ जति कुरा गर्छन् र उसलाई ध्यान दिन्छन् नानी त्यति नै छिटो सिक्छ। नवजात र सानो नानीहरूका अगाडि माता-पिता र हेरचाह गर्नेले कुरा गर्ने, पढ्ने र गीत गाउनु पर्छ। नानी शब्द बुझ्ने लायक छैन भने यो ‘कुराकानी’ले उसलाई भाषा र सिक्ने क्षमताको विकास गर्छ। हेरचाह गर्नेले नानीहरूलाई हेर्न, सुन्न, पकड्न र खेल्नका लागि नयाँ र मनपर्ने चिजहरू दिएर उनलाई सिक्न र बढ्नमा मदत गर्न सक्छन्।
शिशुहरू र सानो नानीहरूलाई लामो समयका लागि एक्लै छोड्न हुँदैन। यसले उसको शारीरिक र मानसिक विकासको गतिलाई कम गर्दछ। केटीहरूलाई पनि भोजन, ध्यान, लगाव र हेरचाहको त्यतिकै आवश्यक छ, जतिको केटाहरूको हुन्छ। सिक्ने या केही नयाँ भनेमा सबै नानीहरूलाई हौसला र उसको प्रशंसा गर्नु जरूरी छ।
नानीको शारीरिक या मानसिक बढाइ ठिक तरिकाले भैरहेको छैन भने माता-पिताले स्वास्थ्य कार्यकर्तासित सल्लाह लिन जरूरी हुन्छ। मातृभाषामा नानीहरूको शिक्षणले सबैभन्दा पहिले उसलाई सोच्ने र आफै व्यक्त गर्ने क्षमताको विकासमा मदत गर्छ। गानाहरू, हजुरआमाहरूको कथाहरू, कविताहरू र खेलहरूको माध्यमले नानीले भाषालाई छिटो र सजिलै सिक्दछन्। जुन नानीहरूको समय मै टीकाकरण पूरा भएको हुन्छ र जसले पर्याप्त पोषण पा रहेको हुन्छ, उनीहरूको जीवित रहने सम्भावना बढ्दछ तथा उनीहरूमा घुलने-मिलने, खेल्ने-कुद्ने र सिक्ने रुझान अधिक हुन्छ।
यसले स्वास्थ्यमा परिवारको खर्च, बिरामीको कारण स्कुलबाट नानीको गैर हाजिरी र बिरामी नानीको हेरचाहमा माता-पिताको आमदानीको नोक्सानलाई कम गर्छ।
बाल विकास र सुरुवाती सिकाइ मुख्य सन्देश -३
खेल्न र खोजबीनका लागि पाइने हौसला नानीहरूलाई सिक्ने र उसमा सामाजिक, भावनात्मक, शारीरिक र दिमागी विकासमा मदत गर्छ। नानी आनन्दका लागि खेल्दछन्, तर खेल उसको सिक्ने र विकास गर्ने साचो हो। खेल्नाले नानीहरूको ज्ञान र अनुभवलाई आकार लिन र उसको उत्सुकता र विश्वासको विकासमा मदत मिल्दछ।
नानी चिजहरूलाई आत्मसात गर्दै, नतिजाहरूको तुलना गर्दै, प्रश्न सोध्दै र चुनौतीहरूको सामना गर्दै सिक्दछन्। खेल्नु, भाषा सिख्नु, सोच्नु, योजना बनाउनु, संगठित हुनु र फैसला लिनुको कौशलको विकास गर्छ। नानी विकलाङ्ग छ भने उत्तेजना र खेलको आवश्यकता खास गरी बढ्दछ। केटीहरू र केटाहरूलाई खेल्न र परिवारको सबै सदस्यहरूसित घुल-मिल गर्ने समान मौका आवश्यक हुन्छ।
पिताको साथ खेल्नु र मिलजुल गर्नु दुवैको बिच मजबूत सम्बन्ध बनाउनमा मदतगार हुन्छ। परिवारको मानिस र नानीहरूको हेरचाह गर्ने नानीहरूलाई साफ-साफ चेतावनीहरूका साथ सामान्य काम सुम्पिएर खेल्ने चिजहरू दिएर र खेलमा दबाब नदिएर नयाँ गतिविधिहरू सम्झाएर सिक्नमा नानीहरूलाई मदत गर्न सकिन्छ। नानी माथि गहिरो नजर राख्ने र उसको विचारहरूमा ध्यान दिने। कसैको पनि मदत बिना सानो नानी यदि कुनै काम गर्ने जिद गर्छ भने उसको हेरचाह गर्नेले धैर्यसित ध्यान दिनु आवश्यक छ। नानी सफलता पाउन्जेल कोशिश गरेर सिक्दछ। जबसम्म नानी कुनै खतरादेखि टाढा रहन्, नयाँ र जटिल काम गर्ने जिद्दी नानीको विकासका लागि राम्रो कदम हो।
सबै नानीहरूलाई आफ्नो विकासको अवस्थाको अनुसार फरक-फरक सरल चिजहरूसित खेल्नु जरूरी छ। पानी, बलुवा, कुटको बाक्सा, काठको टुक्रा, भाडा र ढक्कन खेल्नु त्यतिनै राम्रो सामान हो, जतिको दोकानबाट किनेका खेलौनासित खेल्नु। नानीहरूले लगातार योग्यताहरूलाई बदलदै र विकसित गर्दछन्।
बाल विकास र सुरुवाती सिख मुख्य सन्देश -४
नानीहरूको साथ व्यवहार कसरी गर्ने? नानी आफ्नो नजदिकी मानिसहरूको व्यवहारको नक्कल गरेर सिक्दछ।
अर्कालाई हेर्दै र उसको जस्तो बन्दै सानो नानी सामाजिक व्यवहारको तौर-तरिका सिक्दछन कि कुन व्यवहार ठिक छ र कुन छैन।
ठुला-बडाहरू र आफू भन्दा ठुला नानीहरूको उदाहरणले नानीको व्यवहार र व्यक्तित्वको निर्माणमा ठुलो असर गर्छ। नानी अर्काको नक्कल गरेर सिक्छन् , न कि अर्काले बताएर कि यो गर। यदि ठुला कराउछन र हिंसक व्यवहार गर्छन भने, नानी पनि त्यै सिक्छन। ठुला यदि अर्काको साथ भलाई, इज्जत र धैर्यको साथ पेश आउँछन् भने नानी पनि यसलाई दोहराउँछन्।
नानी बहाना बनाउँछन्। यसलाई हौसला दिनु पर्छ, यसकारण कि बहाना बनाउनाले नानीहरूको कल्पनाशीलताको विकास गर्छ। यसले नानीहरूलाई अर्को मानिसहरूको व्यवहारको तरिकाहरूलाई बुझ्न र त्यसलाई स्वीकार गर्नमा पनि मदत गर्छ।
बाल विकास र सुरुवाती सिख मुख्य सन्देश - ५
माता-पिता र नानीहरूको हेरचाह गर्नेलाई खतराको ती सङ्केतहरूबारे जान्नु पर्छ जसले के दर्शाउछ भने नानीहरूको बढाइ हुर्काइ र विकास डगमगाएको छ-
माता-पिता र हेरचाह गर्नेहरूले ती अहम् पहलरूलाई जान्नु जरूरी छ जसले के दर्शाउछ भने नानीको विकास सामान्य रूपले भइरहेको छ।
उनीहरूले के पनि जान्नु जरूरी छ भने शारीरिक या मानसिक रूपले कमजोर नानीहरूलाई कतिखेर मदत गर्नुपर्छ र उनीहरूलाई हेरचाह र प्रेमको माहौल कुन तरिकाले दिनुपर्छ। सबै नानी एकै तरिकाहरूले बढ्छन् र विकसित हुन्छन्, तर हरेक नानीको विकासको आफ्नो गति हुन्छ। केमा ध्यान दिने भने नानी स्पर्श, घ्वनि र दृश्यहरूमा केकस्तो प्रतिक्रिया गर्छ।
माता-पिताले विकाससित जोडिएको समस्याहरू या अक्षमताको पहिचान गर्न सक्छन्। यदि नानी कम गतिले विकसित भैरहेको छ माता-पिता र हेरचाह गर्नेले नानीहरूसित अतिरिक्त समय बिताएर खेलेर र ऊसँग कुरा गरेर र नानीलाई मालिस गरी मदत गर्न सक्छन्।
उत्तेजित गर्ने र ध्यान खिच्नुको अतिरिक्त यदि नानी बेअसर रहन्छ भने माता-पिता र हेरचाह गर्नेले कुनै प्रशिक्षित स्वास्थ्यकर्मीसित मदत लिन जरूरी हुन्छ। अपाङ्ग नानीहरूको क्षमताहरूको पूर्ण विकासमा मदतका लागि सुरुवाती पहल धेरै जरूरी हुन्छ। नानीको क्षमता धेरैभन्दा धेरै विकसित गर्नका लागि माता-पिता र हेरचाह गर्नेलाई हौसला दिन जरूरी छ।
अपाङ्ताको शिकार केटा या केटीलाई केही ज्यादा सावधानी गराउनु जरूरी हुन्छ। सबै नानीहरूको जस्तै विकलाङ्ग नानीहरूका लागि पनि जन्मको समय या त्यसको तुरन्त पछि जन्म पञ्जीकरण, आमाको दुध, टीकाकरण, पौष्टिक भोजन तथा दुरव्यवाहर र हिंसाबाट बचाउको जरूरी छ।
अपाङ् नानीहरूलाई खेल्न र अर्को नानीहरूसित घुल-मिलका लागि हौसला दिनुपर्छ। जुन नानी खुसी छैन या भावुक र समस्याहरूबाट घेरिएका छन्, उसको व्यवहार आसामान्य हुन सक्छ। उदाहरणका लागि अचानक एक्लो, दुखी, अल्छी, असहयोगी र बदमास हुनु, प्राय रुनु, अरू नानीहरूप्रति हिंसक हुनु, साथीहरूसित खेल्नुको साटो एक्लै रहनु या अचानक दैनिकको कामहरू या पढाई-लेखा मा रुचि नलिनु, भोक र निन्द्रामा कमी आउनु।
अभिभावकहरूलाई प्रोत्साहित गर्नुपर्छ ताकि उनीहरू नानीसित कुरा गरून् र उनीहरूलाई सुनुन्। टाढा छैन भने शिक्षक या स्वास्थ्य कार्यकर्ताको मदत लिने। नानीलाई दिमागी या भावुक समस्या छ या उसका साथ दुरव्यवहार भएको छ भने अगाडिको समस्याहरूबाट बचाउनका लागि उसलाई सल्लाह दिनुपर्छ। अगाडि दिइएको दिशा-निर्देशले माता-पितालाई के जानकारी दिन्छ भने नानी कसरी विकसित हुन्छन्।
सबै नानीहरूको बढाइ र उसको विकासमा अन्तर हुन्छ। कम प्रगति सामान्य हुन सक्छ या आवश्यकताभन्दा कम पोषण, खराब स्वास्थ्य, उत्तेजनाको अभाव या धेरै गम्भीर समस्याहरूको कारण हुन सक्छ। नानीको प्रगतिका बारेमामा माता-पिता प्रशिक्षित स्वास्थ्य कार्यकर्ता या शिक्षकसित कुरा गर्ने इच्छा गर्न सक्छ।
नानी कसरी बिकसित हुन्छ?
एक माहिना सम्म नानी गर्नमा सक्षम होस्:
-घाँटी या मुखलाई सुमसुमाई रहेको हातहरूतिर सिर घुमाउने .
- मुखसम्म दुवै हात लैजाने
- परिचित आवाज र ध्वनीहरूतिर पल्टने
- आमाको दुध खाने र आमाको स्तन आफ्नो हातले छुने
- माता-पिता र हेरचाह गर्नेहरूलाई सलाह
- जन्मको एक घण्टाभित्र आमाको नजिक हुने र आमाको दुध खाओस्
- नानीलाई सिधा उठाउँदा उसको सिरलाई सहारा दिने
- नानीलाई प्राय मालिस गर्ने र उसलाई काखमा लिने
- नानीलाई सधै काखमा लिने, चाहे तपाई थाकेर हैरान भए तापनि
- बरावर नानीलाई दुध खुवाउने, कमसे कम चार घण्टामा
- जति सम्भव हुन सक्छ, नानीसित कुरा गर्ने, उसको अगाडि पढ्ने र गाना गाउने
- जन्मको छ सप्ताहपछि नवजात शिशुको साथ स्वास्थ्य कार्यकर्तासित भेट्ने
निम्न खतरनाक सङ्केत, जसमा ध्यान दिनु पर्छ -
- ठिक तरिकाले आमाको दुध नखानु वा खान नमान्नु,
- हात र खुट्टा कम चल्नु,
- ठुलो आवाज या तेज प्रकाशमा कम ध्यान दिनु या बेअसर हुनु,
- कारण बिना नै लामो समयसम्म रुनु,
- छाद्ने र छेर्ने, जसले शरीरमा पानीको कमी उत्पन्न गर्न सक्छ।
नौ महिना सम्म नानी गर्नमा सक्षम होस्
- पेटको भर सुतेर सिर र छाती उठाओस्
- झुण्डेको वस्तुहरूमा लपकोस्
- वस्तुहरूलाई पकडोस् र हल्लाओस्
- दुवैतर्फ कोल्टे परोस्
- सहाराको माध्यमले बसोस्
- हात र मुखले वस्तुहरूलाई बुझोस्
- आवाजहरू र अनुहारहरूको भावहरूको नक्लक गर्न सुरुआत गरोस्
- आफ्नो नाम र परिचित अनुहारलाई हेरेर ध्यान देओस्
माता-पिता र हेरचाह गर्नेवालालाई सल्लाह
- नानीलाई सफासुधर, समतल र सुरक्षित ठाँउमा पल्टाउने ताकि ऊ मज्जाले घुमफिर गर्न सकोस् र वस्तुहरूसम्म पुग्न सकोस्।
- नानीलाई बस्नका लागि यस प्रकार ठाउँ दिने या उसलाई कसरी समात्ने भने ऊ आफ्नो छेउछाउको हलचलहरूलाई हेर्न सकोस्
- दिन होस् या रात, भोक लागेमा नानीलाई आमाको दुध खुवाउन जारी राख्ने र बाँकी भोजन दिन पनि सुरुवात गर्ने; 6-8 महिना सम्म दिनमा दुई पल्ट, 8-12 महिनासम्म तिनचार पल्ट
- जति सम्भव हुन्छ नानीसित कुरा गर्ने, पढ्ने या गाना गाउने
निम्न खतरनाक सङ्केत, जसमा ध्यान दिनु पर्छ
- खुट्टाहरूमा कडापन या त्यसले हिड्नमा समस्या परेमा,
- सिर लगातार हल्लिनु त कानमा फैलिनेवाला रोगको लक्षण हुन सक्छ र यदि उपचार नगरे बहिरोपनतर्फ बढ्न सक्छ।
- आवाजहरू, परिचित अनुहार या आमाको स्तनहरूमा कम ध्यान दिने या एकदमै बेअसर हुनु
- आमाको दुध या भोजनका लागि मनाही गर्नु
12 महिना सम्म नानी गर्नमा सक्षम होस्
- बिना कुनै सहाराले बस्ने
- हात र घुडाको बलले हिड्ने र उठेर खडा हुन लग्ने
- सहारा पाएर पाइला बढाउने
- शब्दहरू र आवाजहरूको नक्कल गर्ने कोशिश गर्ने तथा सामान्य अनुरोधमा ध्यान दिने
- खेलने र ताली बजाउदा मज्जा लिने
- मानिसहरूको ध्यान तान्नको लागि आवाजहरू र व्यवहारलाई दोहराओस्
- अंगूठा र औला बाट चिजहरूलाई उठाओस्
- चम्मच र कप जस्तो चिजहरूलाई समात्ने तथा आफै खाना खान कोशिशको सुरुवात गरोस्
माता-पिता र हेरचाह गर्ने वालालाई सल्लाह
- चिजहरूको तर्फ इसारा गर्ने र उसको नाम लिने। जतिखेर नानीसित खेलिन्छ ऊ सित कुरा गर्ने,
- भोजनको समयको प्रयोग परिवारको सबै सदस्यहरूको साथ मिलजुल बढाउने,
- यदि नानीको विकास कम छ या उसमा कुनै शारीरिक अक्षमता छ भने उसको क्षमताहरूमा जोर दिने र त्यसलाई केही हौसला दिने र मिलजुल बढाउने
- धेरै घण्टाहरूसम्म नानीलाई एकै खाले अवस्थामा नछोड्ने, कुनै दुर्घटना रोक्नका लागि नानीको ठाँउ, जति सम्भव सक्छ सुरक्षित ब नाउने,
- आमाको दुध खुवाउन जारी राख्ने र के सुनिश्चित गर्ने भने नानीले चाहिँदो भोजन पाओस् र त्यसमा परिवारको विभिन्न भोजन पनि सामेल होस्।
- चम्मच र कपले खानमा नानीलाई मदत गर्ने,
- के तय गर्ने भने नानीलाई पूरा टीकाकरण होस् र सुझाव गरिएको सबै पौष्टिक तत्वहरूको खोराक उसलाई प्राप्त होस्
निम्न खतरनाक सङ्केत, जसमा ध्यान दिनु पर्छ---
- बोलाउँदा नानीले कुनै आवाज ननिकाले
- , गतिसिल चिजमा ध्यान नदिने, नानी उदासीन भए र हेरचाह गर्नेसित बेपरवाह भए
- , नानीलाई भोक नलागे या खान नमाने,
दुई वर्षसम्म
नानी तल दिएका कुरामा सक्षम होस्
- हिड्न, चढ्न र दौड्न
- नाम लिँदा चिजहरू या तस्वीरहरूको तरफ इसारा गर्ने ( नाक, जस्तै- आँखा वगैरह)
- धेरै शब्द एक साथ बोल्ने (लगभग 15 महिना देखि)
- सामान्य चेतावनी लागू गर्ने
- पेन्सिल या कोयलाले रेखाहरू खिच्ने
- सरल कथाहरू र गानाहरूको आनन्द लिने
- अरूको व्यवहारको नकल गर्ने,
- आफै भोजन गर्ने सुरुवात गर्ने,
माता-पिता र हेरचाह गर्नेवालाहरूलाई सल्लाह-----
- नानीको छेउमा पढ्ने, गाउने र उसको साथ खेल्ने
- नानीलाई खतरनाक चिजहरूसित टाढा रहने सल्लाह दिने
- नानीको साथ सामान्य तरिकाले कुरा गर्ने, आफैं नानी नबन्ने
- आमाको दुध खुवाउन जारी राख्ने र यो सुनिश्चित गर्ने कि नानीलाई भरपूर भोजन मिलोस र उसको परिवारमा खाइने विभिन्न भोजन पनि सामेल होस्
- नानीलाई खानका लागि प्रोत्साहित गर्ने, तर जोड नदिने,
- सरल र जायज तौरतरिका बताउने,
- नानीको उपलब्धिहरूको प्रशंसा गर्ने,
निम्न खतरनाक सङ्केत, जसमा ध्यान दिनु पर्छ
- अर्कासित बेपरवाह रहने,
- हिड्दा आफूलाई कठिनाइ अनुभव भएमा प्रशिक्षित स्वास्थ्य कार्यकर्ता सित भेट्ने,
- चोट लागे र व्यवहारमा बिनाकारण बदलाव आएमा खास गरी नानीको हेरचाह कुनै अर्कैको जिम्मामा छ,
- भोकको कमी होस्
तिन वर्षसम्म
नानी तल भनिएका काम गर्न सक्षम होस्---
- सजिलैसित हिडोस्, कुदोस्, खेलोस्,
- इसारा गर्दा चिजहरू र तस्वीरहरूलाई बुझोस् र त्यसलाई चिनोस्,
- दुई या तिन शब्दहरूको वाक्य बनाओस्,
- आफ्नो नाम र आफ्नो उमेर भनोस्,
- रङहरूको नाम लिओस्,
- गन्ती बुझोस्,
- चिजहरूलाई खेल्ने माध्यम बनाओस्,
- आफै खाओस्,
- इच्छा व्यक्त गरोस्,
माता-पिता र हेरचाह गर्नेवालालाई सल्लाह--
- नानीसँगसँगै किताब पढ्ने र फोटाहरूसित कुरा गर्ने,
- नानीलाई कथाहरू सुनाउने र उसलाई कविता,गीत सिकाउने नानीलाई खान उसलाई भाँडो(पात्र) दिने
- नानीलाई खान हौसला दिन जारी राख्ने र नानीको अनुसार खानका लागि उसलाई पूरा समय दिने,
- नानीलाई कपडा लगाउने, हात धुने र शौचालयको प्रयोग गर्न सिक्नमा मदत गर्ने,
निम्न खतरनाक सङ्केतहरू छन्, जसलाई ध्यान दिनु पर्छ----
- खेलमा रुचि नलिँदा,
- लगातार खच्किँदा,
- सानो चिजहरूलाई साधनमा समस्या हुनु,
- सामान्य कुरा पनि नबुझ्दा,
- धेरै शब्दहरूलाई जोडेर बोल्नमा समर्थ नहुँदा,
- खान नखोज्दा वा काने कुरामा रुचि नहुँदा,
पाच वर्ष सम्म
नानी तल दिइएका काम गर्न सक्षम होस्----
- हिड्नमा तालमेल बनाओस्,
- पूरा वाक्य बोलोस् र धेरै शब्दहरूको प्रयोग गरोस्,
- एक अर्कासित उल्ट वा विपरीत चिजहरू बुझोस् जस्तै मोटो र पातलो,
- अग्लो र होचो, अरू नानीहरूसित खेलोस्,
- आफै कपडा लगाओस्,
- सजिलो प्रश्नहरूको जवाब देओस्,
- 5 देखि 10 चिजहरूको गन्ती गरोस्
- आफ्नो हात सफा गरोस्,
माता-पिता र पालनेवालाहरूलाई सल्लाह-------
- नानीलाई सुन्ने,
- नानीहरूको साथ प्राय घुलमिल गर्ने-
- यदि नानी बखतिखेरकाउँछ भने उसलाई अझ कम गतिमा बोल्न सलाह दिने,
- कथाहरू पढ्ने र सुनाउने,
- नानीलाई खेल्न र छानबिनका लागि प्रोत्साहित गर्ने,
निम्न खतरनाक सङ्केतहरू छन्, तलका कुरामा ध्यान दिनु पर्छ---
- खेलमा नानीहरूको सहभागितामा ध्यान दिने, यदि नानी डराएको छ, रिसमा या हिंस्रक छ भने यो उसको भावनात्मक समस्या हुन सक्छ वा ऊसित दुरव्यवहारको लक्षण हुन सक्छ।
स्त्रोत: यूनीसेफ