Oct 04 2026 | २०८३, आश्विन १८ गते

आज विजयादशमी, टीकालगाउने शुभ- साइत बिहान १०: २ मिनेटमा।

आज विजयादशमी, टीकालगाउने शुभ- साइत बिहान १०: २ मिनेटमा।

  • 705
    SHARES

  • आज विजयादशमी, टीकालगाउने शुभ- साइत बिहान १०: २ मिनेटमा।

    काठमाडौँ- हिन्दुहरूको साँस्कृतिक चाड बडादसैँको अन्तिम दिन विजयादशमी तथा ठुलाबढा, मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदैछ ।

    विजयादशमीका दिन आज बिहान ८:१९ बजे देवी विसर्जन र बिहान १०:०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

    विजयादशमीका दिन आज दिनभर देवीको प्रसाद लगाउने साइत भए पनि दिनभरमध्येमा राम्रो समयको साइत १०:०२ बजेको दिइएको उनले बताए ।

    अत्यावश्यक परेकाले देवी विसर्जन गरेपछि टीका लगाउन हुन्छ, १०:०२ बजेको साइत नै कुर्नुपर्दैन, देवी विसर्जनसम्म पनि कुर्न नसकिने अवस्था छ भने सूर्योदयपछि देवी विसर्जन गरेर टीका लगाउन हुन्छ’, अध्यक्ष अधिकारीले भने ।

    समितिले दिएको साइतको समय प्रभावशाली भएकाले सक्नेले यही समयमा टीका लगाउने गरी तयारी गर्न समितिले आह्वान गरेको छ । नसक्नेका लागि विजयादशमीको दिन बिहानदेखि अखिल बलिपूर्तिका लागि पूजा गरेका सबै सामग्री नसेलाएसम्म टीका लगाउन कुनै समस्या छैन ।

    विदेशबाट आउनेका लागि भने अखिल बलि पूर्ति गरेपछि पनि प्रसाद बाँकी राखेर कोजाग्रत पूर्णिमाका दिनसम्म पनि टीका लगाइदिन सकिने जनाइएको छ ।

     

    images
    शुक्रवार, आश्विन २९ २०७८०८:२६:३६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार