Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रि.वि. चिकित्सा शिक्षा अध्ययन संस्थानद्वारा परीक्षा शुल्क ४ गुणा वृद्धि। विद्यार्थीहरुद्वारा आन्दोलन गर्ने चेतावनी।

त्रि.वि. चिकित्सा शिक्षा अध्ययन संस्थानद्वारा परीक्षा शुल्क ४ गुणा वृद्धि। विद्यार्थीहरुद्वारा आन्दोलन गर्ने चेतावनी।

  • 1.0K
    SHARES

  • त्रि.वि. चिकित्सा शिक्षा अध्ययन संस्थानद्वारा परीक्षा शुल्क ४ गुणा वृद्धि। विद्यार्थीहरुद्वारा आन्दोलन गर्ने चेतावनी।

    काठमाडौं - त्रिभुवन विश्वविद्यालय, चिकित्सा शिक्षा अध्ययन संस्थानले आफू मातहतका मेडिकल कलेजहरुले सञ्चालन गर्ने परीक्षा शुल्क झन्डै ४ गुणाले वृद्धि गरेको छ।

    बिश्वबिद्धालयले प्रकाशित गरेको सूचना अनुसार यसअघि पिइने २५०० लाई नढाएर ९००० पुर्‍याएको हो। बढाइएको शुल्क काठमाडौं विश्वविद्यालय सहित मेडिकल विषय पढाई हुने अन्य निजि विश्वविद्यालयको शुल्कलाई आधार मानेर निर्धारण गरिएको अध्ययन संस्थानकी डीन प्रा.डा. दिव्या सिंह शाहले बताइन् ।

    अध्यायन संस्थाले बढाएको शुल्क निर्धारणप्रति सम्बन्धित विषयका विद्यार्थीहरुले असन्तुष्टि जनाउदै कुनै बैज्ञानिक आधार बिना २,५०० को शुल्क ९,००० पुर्याउनु गैरजिम्मेवार ,अव्यवहारिक र खेदजनक बताएका छन्।

    चिकित्सा शिक्षा क्षेत्रका विद्यार्थीले माफिया पोस्ने यो लुटाहा र माफियामुखी निर्णय तत्काल खारेज गर्न चिकित्सा शिक्षा अध्ययन संस्थान, डिनको कार्यलय सँगै सम्बन्धित निकाय समक्ष माग गरेका छन ।’

    यसैगरी अखिल नेपाल विद्यार्थी यूनियनका अध्यक्ष मनिष भट्टराईले त्रि.वि., चिकित्सा शिक्षा अध्ययन संस्थानले सो शुल्क निर्धारणको निर्णय खारेज नगरे विद्यार्थीहरु आन्दोलनमा उत्रिने चेतावनी दिनु भएको छ ।

     

    यस्तो छ त्रि.बि. चिकित्सा शिक्षा अध्यायन संस्थाले प्रकाशित गरेको सूचना ।

    Screenshot_20211025-082722_Facebook.jpg

    images
    सोमवार, कार्तिक ८ २०७८०८:४४:१०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार