Jul 27 2026 | २०८३, श्रावण ११ गते

CTEVT को मौका परिक्षाको आवेदन भर्ने सम्बन्धी सूचना ।

CTEVT को मौका परिक्षाको आवेदन भर्ने सम्बन्धी सूचना ।

  • 677
    SHARES

  • CTEVT को मौका परिक्षाको आवेदन भर्ने सम्बन्धी सूचना ।

    प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) परिक्षा नियन्त्रण कार्यलय द्वारा विभिन्न बिषयको मौका परिक्षाको आवेदन फारम भर्नको लागि सूचना जारी गरेको छ।

    परिषदको आंगिक, साझेदारी, सामुदायिक, र निजि स्तरमा संचालित डिप्लोमा इन इन्जिनियरिङ्ग, फुड एन्ड डेरि टेक्नोलोजी, होटेल मेनेज्मेट, आइ.टी. को तेत्रो बर्ष को दोश्रो खण्ड र प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा, कृषि, ल्याब टेक्निसियन, रेडियोग्राफी, होमियोप्याथी, डेण्टल, डिप्लोमा इन फार्मेसी, अप्थामिल्क साइन्स, आयुर्वेद, फोरेस्ट्री तथा अकुपेन्चर को मौका परिक्षा को फारम खुला गरिएको हो।

    उक्त कार्यक्रमहरु को तेस्रो बर्षको दोश्रो खण्डको नियमित उत्तीर्ण भई तेश्रो बर्ष र तेश्रो बर्षको दोश्रो खण्डमा मात्र कुनै एक बिषयमा अनुत्तीर्ण भएको विद्यार्थी हरुको लागि सैद्धान्तिक वा प्रयोगात्मक मध्य एक बिषयको मौका परिक्षा २०७८ मंसिर मा हुने भएको छ।

    परिषदद्वारा मौका परीक्षा फारम भर्ने मिति २०७८ कार्ती २० गते भित्र नियमित शुल्क र मंसिर ३ गते भित्र बिलम्ब शुल्क सहित फारम भर्म सकिने जानकारी दिएको छ।परिक्षा आवेदन शुल्क प्रती सैद्धान्तिक वा प्रयोगात्मक बिषय बापत रु ३०० बुझाउनुपर्ने छ।

    बिस्तृत जानकारी कालागी हेर्नुस सूचना ।

    FB_IMG_1635298561794.jpg

    images
    बुधवार, कार्तिक १० २०७८०८:२०:५८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार