बुधवार, कार्तिक १० २०७८
काठमाडौ - सर्वोच्च अदालतले नेपाल सरकारको छात्रवृत्ति कोर्टामा एमबिबिएस अध्ययन गरेका विद्यार्थी डाक्टरहरुले २ वर्ष मात्र खटाएको ठाउँमा काम गरे पुग्ने फैसला गरेको छ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्ययन गरेका विद्यार्थीहरुले हालेको मुद्दाको फैसला गर्दै सर्वोच्चले सो निर्णय गरेको हो।
अदालतले हालसालै सार्वजनिक गरेको पूर्णपाठमा चिकित्सा शिक्षा ऐन अनुसार २ वर्षमात्र सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा काम गरे पुग्ने बताइएको छ।
सर्बोच्च अदालतको फैसलाको पूर्णपाठ यो https://drive.google.com/file/d/16bUJWgiZUvfo5U76wqW11Bf3UOCShgNq/view?pli=1 लिङ्क मा हेर्न सक्नुहुने छ।