Oct 04 2026 | २०८३, आश्विन १८ गते

स्कुल बस दुर्घटना हुदा पोखरामा एक विद्यार्थीको मृत्यु।

स्कुल बस दुर्घटना हुदा पोखरामा एक विद्यार्थीको मृत्यु।

  • 424
    SHARES

  • स्कुल बस दुर्घटना हुदा पोखरामा एक विद्यार्थीको मृत्यु।

    पोखरामा स्कुल बस दुर्घटना हुदा बसबाट खसेर एक विद्यार्थीको मृत्यु भएको छ । पोखराको हेमजास्थित ज्ञानसागर एकेडेमी स्कूल बसबाट खसेर गम्भिर घाइते भएका विद्यार्थीको उपचारका क्रममा मृत्यु भएको हो ।  

    ज्ञानसागर एकेडेमी स्कूलको ना १ क २३७३ नम्बरको बसको ढोकाबाट खसेर गम्भिर घाइते भएका युकेजीमा अध्ययनरत ८ वर्षीय विद्यार्थी रोमन तामाङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवं प्रवक्ता सुवास हमालले जानकारी दिए । 

    उनका अनुसार दुर्घटनामा परी टाउको र शरीरका विभिन्न भागमा चोट लागेका तामाङको उपचार क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । 

    प्रहरीले धादिङ गंगाजमुना गाउँपालिका–६ घर भएका ४७ वर्षीय बस चालक सानो कान्छा थापालाई पक्राउ गरेको छ । चालकलाई सवारी ज्यान मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी हमालले बताए। #रातोपाटीबाट 

     

    images
    बुधवार, कार्तिक १० २०७८०९:१२:०७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार