शुक्रवार, कार्तिक १२ २०७८
जनकपुरधाम : पछिल्लो समय जनकपुर सिके राउत कार्यकर्ताको आतंक बढेको छ। राउत नेतृत्वको जनमत पार्टीका विद्यार्थी कार्यकर्ताले जनकारबाही को नाममा धनुषाका प्रधानाध्यापक बैजु शाहलाई चप्पलले पिट्दै दुर्व्यवहार गरेका छन्।
राउतका विद्यार्थी कार्यकर्ताले धनुषाको सवैला नगरपालिकास्थित फकिर चन्द उच्च माध्यमिक विद्यालय बरकुर्वा, रघुनाथपुरका प्रधानाध्यापक बैजु शाहलाई बिद्यालय जादै गरेको अवस्थामा चप्पलले पिटेका हुन्।
विभिन्न मागसहित पछिल्लो चार दिनदेखि आन्दोलित विद्यार्थीहरुको माग सुनुवाई नगरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले शुक्रबार कुटपिट गरेका बताइएको छ।
नियमित पठन–पाठन हुनु पर्ने, शिक्षकको व्यवस्थापन हुनु पर्ने, विभिन्न शुल्कको नाममा लिइएको रकमको बील विद्यार्थीहरुले पाउनु पर्ने, कक्षा ११ र १२ का विद्यार्थीहरुले पुस्तक पाउनु पर्ने, विद्यालयका नाममा आएका सामाग्रीहरु विद्यालयमा राख्नु पर्ने, विद्यालय सुधारका लागि सरोकारबालाहरुको बृहत भेला गरी अन्य विषयहरुमा निर्णय लिनु पर्ने लगायतका माग गरेका छन्।
बिद्यालय सुधारका माग गरु जायज भएपनी शिक्षक माथी यस्तो दुर्ववहार गरिनु अपराधीक क्रियाकलाप भएको त्यहाका स्थानिय बताउछन।
यस अघि पनि सिके राउतका कार्यकर्ताले खानेपानी तथा ढल निकासका हाकिम राजेस्वर कुशवाहालाई कुटपिट तथा दुर्व्यवहार गरेका थिए । #यो समाचार अन्नपूर्ण बाट लिइएको हो।