Oct 04 2026 | २०८३, आश्विन १८ गते

मुल्री वृद्धि खारेज गर !

पेट्रोलियम पदार्थको मुल्य वृद्धिको चौतर्फी बिरोध: विभिन्न विद्यार्थी संगठन द्वारा मूल्यवृद्धि खारेज नभए प्रतिवाद गर्ने चेतावनी।

पेट्रोलियम पदार्थको मुल्य वृद्धिको चौतर्फी बिरोध: विभिन्न विद्यार्थी संगठन द्वारा मूल्यवृद्धि खारेज नभए प्रतिवाद गर्ने चेतावनी।

  • 1.8K
    SHARES

  • पेट्रोलियम पदार्थको मुल्य वृद्धिको चौतर्फी बिरोध: विभिन्न विद्यार्थी संगठन द्वारा मूल्यवृद्धि खारेज नभए प्रतिवाद गर्ने चेतावनी।

    काठमाडौ - अन्तर्राष्ट्रिय स्तरमा पेट्रोलियम पदार्थमा मुल्य वृद्धि भएको भन्दै सरकारले गरेको मुल्य वृद्धि विरुद्ध चौतर्फि बिरोध भएकोछ।

    यसै सन्दर्भमा विभिन्न विद्यार्थी संगठनहरुले चेतावनी सहित बिग्यप्ती जारी गर्दै पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि तुरुन्त खारेज गर्न माग गरिएको हो।

    इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने ६ विद्यार्थी संगठनको चेतावनी। (बिग्यप्ती सहित)

    यश सन्दर्भमा संयुक्त विद्यार्थी संगठनको ब्यानरमा ६ विद्यार्थी संगठनले मूल्यवृद्धिको निर्णय खारेज गर्न माग गरेका छन् । अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल छैठौंका अध्यक्ष देवेन्द्र कुँवर र अखिल (क्रान्तिकारी) अध्यक्ष प्रकाश शाही र अखिल (क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेलले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन् । FB_IMG_1635672735588.jpg

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा निरन्तर गरिरहेको मुल्यबृद्धिले आम नेपाली जनजिवनमा अफ्ट्यारो गरेको बताउदै दैनिक जनजिवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोल, डिजेल र मट्टितेल जस्ता पदार्थमा चाडबाडको समयमा गरिएको मुल्यबृद्धि फिर्ता लिनुपर्ने बताएका छन।

    उनीहरुले आयल निगमभित्र भएका भ्रष्टाचार, चुहावट, अनियमितता र बेथिति अन्त्य गर्दै जनतालाई सहुलियत दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन विभिन्न उपायहरुको खोजी गर्नेतर्फ पूर्ण उदासिन रहि केबल अन्तरास्ट्रिय बजारको मुल्य समायोजनको हवाला दिँदै एकोहोरो रुपमा गरिएको मुल्य बृद्धि प्रति घोर भर्त्सना गरेका छन।

    पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्तालिन अध्यक्ष बरालको चेतावनी । (बिग्यप्ती सहित)

    काठमाडाै‌ । नेकपा एमाले निकट अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गरेको छ । सरकारले आजदेखि लागु हुने गरी पेट्रोल र डिजेलमा तीन/तीन रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु ५० का दरले मूल्य वृद्धि गरेसँगै अनेरास्ववियुले मूल्य वृद्धिको विरोध गरेको हो ।Screenshot_20211031-160530_Facebook.jpg

    अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले आज एक विज्ञप्ती जारी गर्दै मूल्य वृद्धिको विरोध जनाउनुभएको छ । मूल्यवृद्धि तत्काल फिर्ता नलिए अनेरास्वियुले संघर्षको कार्यक्रम घोषणा गर्ने चेतावनी विज्ञप्तिमा उल्लेख छ ।

    पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्तालिन सत्तारुढदल कांग्रेसको विद्यार्थी संगठनको चेतावनी । (बिग्यप्ती सहित)

    सत्तारुढ नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले  पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि खारेज गर्न माग गरेको छ । नेविसंघका अध्यक्ष राजीव  ढुंगानाले  आइतबार विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णयप्रति खेद प्रकट गरेका हुन् । Screenshot_20211031-151318_Facebook.jpg

    जनताको ढाड सेक्ने गरी कोही कसैबाट पनि भएका निर्णय नेविसंघलाई मान्य नहुने विज्ञप्तिमा उल्लेख छ ।  सरकारले तत्काल हस्तक्षेप गरी पेट्रोलियम पदार्थमा नेपाल आयल निगमले गरेको मूल्यवृद्धि खारेज गर्न नेविसंघले जोडदार माग गरेको छ । ‘पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज होस् । अन्यथा कडा प्रतिवाद गर्न बाध्य हुनेछौं ,’ विज्ञप्तिमा भनिएको छ । 

     

     

    images
    आइतवार, कार्तिक १४ २०७८०४:२५:४६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार