Oct 04 2026 | २०८३, आश्विन १८ गते

धनुषामा बिद्यालयहरुको शुल्क आतंक : एसईई रजिस्ट्रेसन फारम शुल्क ६००-१२००। भौचर समेत दिदैनन्।

धनुषामा बिद्यालयहरुको शुल्क आतंक : एसईई रजिस्ट्रेसन फारम शुल्क ६००-१२००। भौचर समेत दिदैनन्।

  • 655
    SHARES

  • धनुषामा बिद्यालयहरुको शुल्क आतंक : एसईई रजिस्ट्रेसन फारम शुल्क ६००-१२००। भौचर समेत दिदैनन्।

    जनकपुरधाम - राष्ट्रिय परिक्षा बोर्ड परिक्षा नियन्त्रण कार्यलयको सुचना अनुरुप देशै भरी रजिस्ट्रेसन फारम भरिदै छ। बोर्डले रजिस्ट्रेसन फारम शुल्क र्न. ३०० र एसईई परिक्षा फारम शुल्क रु. ५०० तोकि दिएको छ।

    यद्यपि सामुदायिक बिद्यालयमा रजिस्ट्रेसन फारम रु.३०० भरिने उक्त फारम धनुषा जिल्लामा भने धमाधम चर्को शुल्क असुली गर्दै आइरहेको सूचना प्राप्त भएको छ।

    एक अभिभावकका अनुसार रजिस्ट्रेसन फारम भर्न धनुषामा सामुदायिक बिद्यालयले फारम दस्तुरको नाममा रु. ६०० र निजि बिद्यालयले रु. १२०० का दरले शुल्क अशुली गरिरहेको बताएका छन। अभिभावक प्रदिक कुमार शाहले विद्यार्थी मिडियालाइ जानकारी दिए अनुरुप जवर्जस्ती शुल्क तिर्न लगाउने र भौचर समेत नदिएको बताए।Screenshot_20211103-115327_Messenger.jpg

    श्रोतका अनुसार धनुषाधाम ८ मलवारी स्थित भिजन एकेडेमी, सनराइज स्कुल, गोल्डेन फ्युचर बोर्डिङ स्कुल लगाएत अन्य सम्पुर्ण निजि बिद्यालयले प्रती विद्यार्थी रु १२०० शुल्क उठाइरहेको र भौचर समेत नदिएको बताए। त्यसैगरि सामुदायिक बिद्यालयहरु समेत रु. ६०० शुल्क लगेर विद्यार्थी ठगिररेका छन। सामुदायिक बिद्यालयले फारम बुझाउन टाढा (गौर) जानू पर्ने र त्यसको लागि बिद्यालयले पैसा तिर्न नसक्ने भन्दै शुल्क बढी अशुलेको बताए।

    उनले भने निजि बिद्यालयलाई भौचर माग्दा समेत नदिने र उल्टै धम्की दिने गरेको छ्न्। यसरी चर्को शुल्क लिएकोमा बिरोध गर्दा अभिभावक, शिक्षक तथा विद्यार्थीलाई उल्टै कार्बाही गर्ने भन्दै धम्क्याउने गरेको बताए।

    यसअघि विद्यार्थीको पक्षमा बोल्दा एक शिक्षकलाइ कार्बाही गर्ने भन्दै धम्कि दिएको सूचना बाहिर आएको थियो। अभिभावक शाहले भने हरेक जो शिक्षक चर्को शुल्कको बिरोधमा र विद्यार्थीको पक्ष मा बोल्यो उल्टै ती शिक्षकहरुलाइ सरुवा गर्ने, देखि हटाइ दिने  सम्म को धम्की दिने गरेको बताए।

    यसरी चर्को शुल्क लिने गरेको बारे भिजन एकेडमी का फाउडर संजय नेपालिलाइ बुझ्न खोज्दा उनले होइन भन्दै कुरा टारेको र गोल्डेन फ्युचर बोर्डिङ स्कुलका आनन्द मन्डल ले फोन उठ्न सकेन।

    यस बारे त्यहाको स्थानीय निकाय हरु समेत चासो नदिने र उल्टै हामी सक्दैनौ भनेर किर्तिम जवाफ दिने गरेको पाइएको छ। यस बारे सम्बन्धित निकायको तत्कालै ध्यानाकर्षण हुन जरुरी छ। शुल्कको नाममा विद्यार्थी तथा अभिभावकलाई आतंकित बनाउने काम आफैमा अपराधपुर्ण छ।

     

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार