Jul 27 2026 | २०८३, श्रावण ११ गते

काठमाडौ महानगरले इन्जिनियर, बाली र पशु बिज्ञानको कक्षा संचालन गर्ने।

काठमाडौ महानगरले इन्जिनियर, बाली र पशु बिज्ञानको कक्षा संचालन गर्ने।

  • 553
    SHARES

  • काठमाडौ महानगरले इन्जिनियर, बाली र पशु बिज्ञानको कक्षा संचालन गर्ने।

    काठमाडौं - काठमाडौं महानगरपालिकाले आफू मातहतका सामुदायिक ३ वटा विद्यालयमा प्राविधिक धारका कक्षा सञ्चालन गरिरहेको छ । महानगरले गत आर्थिक  बर्ष २०७७/७८ देखि आन्तरिक स्रोतबाट सामुदायिक विद्यालयमा प्राविधिक कक्षा सञ्चालन गर्न सुरु गरेको हो ।

    आफ्नै आन्तरिक स्रोतमा प्राविधिक कक्षा सञ्चालन गर्दै आएकोमा महानगरपालिकाले थप पाँच विद्यालयमा आन्तरिक श्रोत बाट प्राविधिक कक्षा सञ्चालन गर्ने भएको छ ।

    यस कार्यक्रमको लागि महानगरले उल्लेखित विषयमा शैक्षिक सत्र २०७९ बाट ९ कक्षादेखि १२ कक्षासम्म सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार पुगेका इच्छुक विद्यालयलाई आवेदन दिनका लागि पनि आह्वान गरेको छ ।

    महानगरले शुरुगरेको यस प्राबिधिक धार तर्फ कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, बाली विज्ञान र पशु विज्ञानको पढाइ हुनेछ ।

    यस कार्यक्रमअन्तर्गत महानगरपालिकाले विद्यालयमा प्राविधिक कक्षा सञ्चालनका लागि आवश्यक व्यवस्थापन गर्ने गरेको छ । यसैबीच यो वर्ष पनि महानगरपालिकाले थप पाँच वटा विद्यालयमा प्राविधिक कक्षा सञ्चालन गर्ने घोषणा गरेको छ ।

     

    यस्तो छ काठमाडौ महानगरको सूचना ।

     https://cehrd.gov.np/file_data/mediacenter_files/media_file-1-918640762.pdf

    FB_IMG_1636458164983.jpg

    images
    मंगलवार, कार्तिक २३ २०७८१२:२५:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार