बुधवार, कार्तिक २४ २०७८
काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले देशमै उद्यम वा ब्यबसाय गर्न विभिन्न १९ विषयमा निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ ।
केन्द्रले वार्षिक कार्यक्रम अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिकमा देशमै उद्यम वा व्यवसाय गर्न इच्छुकका लागि विभिन्न विषयमा सीपमूलक तालिम सञ्चालन गर्न लागेको हो ।
देशको जुनसुकै स्थानबाट पनि आवेदन दिन सकिने केन्द्रले जनाएको छ । केन्द्रले एक सूचना जारी गर्दै इच्छुक व्यक्तिले मंसिर १ गतेसम्म अनलाइन आवेदन पेश गर्न अनुरोध गरेको छ ।
यसको लागि अनलाइन पोर्टलमा फारम भर्न सकिने बताइएको छ। फारम भर्न ईन्टरनेट तथा स्पिकर भएको कम्प्युटर मा वेब ब्राउजर खोलेर वेबसाईट www.mcsipc.gov.np मा गएर अनलाइन आवेदन मा क्लिक गर्ने । तपाइको कम्प्युटर मा यस्तो स्कृन आउने छ। 
माथि तस्बिर मा देखिएको तस्बिरमा युजर गाइड वा युट्युवमा गएर क्लिक गर्ने र फारम भर्ने बितृत जानकारी थाहा पाउने। युट्युब भिडियो ले जानकारिदिए अनुरुप फारम भर्न सकिने छ।

यस केन्द्रको वेबसाइटमा गएर आवेदन पेश गर्न सकिनेछ । उक्त वेबसाइटमा आवेदकको योग्यता, अनलाइन आवेदन पेश गर्ने तरिका एवम् अन्य विस्तृत विवरण उपलब्ध गराइएकाे छ ।



