बिहिवार, कार्तिक २५ २०७८
काठमाडौ - UNESCO को ४१ औं महासभामा भाग लिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल फान्स गएका छन्। संयुक्त राष्ट्रसंघको शैक्षिक वैज्ञानिक तथा साँस्कृतिक संगठन (United Nation Educational, Scientific & Cultural Organization) युनेस्कोको ४१ औँ महासभामा भाग लिन मन्त्री पौडेल बुधबार राति बजे फ्रान्सको राजधानी पेरिस प्रस्थान गरेका हुन् ।
मन्त्री पौडेलले बिहीबार महासभा बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ। एक सय ९३ राष्ट्रको प्रतिनिधित्व रहने महासभामा मन्त्री पौडेलले शिक्षा क्षेत्रमा भएका प्रगति तथा उच्च शिक्षा र समावेशीजस्ता विषयलाई महत्वसाथ महासभामा उठाउनेछन्।
त्यहाँ रहँदा मन्त्री पौडेलले विज्ञान तथा प्रविधि, समाज विज्ञान, आमसञ्चार, संस्कृति, जलवायु परिर्वतन लगायतका विषयमा छलफल गर्ने जनाइएको छ । यो महासभा बैठकले नयाँ नेतृत्वसमेत चयन गर्नेछ।
मन्त्री पौडेलसँगै शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, नेपालका स्थायी प्रतिनिधि राजदूत दीपक अधिकारी, युनेस्कोको लागि नेपालका सहायक महासचिव बाबुराम अधिकारीलगायत फान्स गएका छन्।