Oct 04 2026 | २०८३, आश्विन १८ गते

जन्मदिनमा जेहेन्दार र विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री ।

जन्मदिनमा जेहेन्दार र विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री ।

  • 614
    SHARES

  • जन्मदिनमा जेहेन्दार र विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री ।

    थम्मन थापा बागलुङ कात्तिक २५ - आफनो जन्मदिनको सुखद अवसरमा गलकोटका एक युवाले जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ । सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाका सहसचिव एवं नेपाल भलिबल संघ जापानका सदस्य तुलविर थापाले गलकोट नगरपालिका ७ मल्म स्थित जनहित माध्यमिक विद्यालय र प्रगति आधारभुत विद्यालयमा अध्ययनरत ६ जना विद्यार्थीलाई २० हजार मुल्यको शैक्षिक सामाग्री सहयोग प्रदान गरेको जनहित माध्यमिक विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ज्ञान बहादुर थापाले जानकारी दिनुभयो ।

    जन्मदिनमा फजुल खर्च गर्नुभन्दा परोपकारी कार्य गरौं भन्ने हेतुले जेहेन्दार र विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको सहयोगदाता थापाले बताउनु भयो । विद्यार्थीलाई शैक्षिक गतिविधीमा थप आकर्षण गर्न र उनीहरुलाई थप प्रोत्साहन गर्न आफुले सहयोग गरेको सहयोगी थापाको भनाई छ ।

    थापाले विद्यार्थीहरुलाई कपी, कलम सहित शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो ।Screenshot_20211112-215634_Gmail.jpg

    जन्मदिनको सुखद अवसर पारेर थापाले जनहित माध्यमिक विद्यालयमा अध्ययनरत जेहेन्दार तर्फ विद्यार्थी विपसा थापा र प्रचण्ड बुढाथोकी, विपन्न तर्फ विद्यार्थी लभिसा खडकालाई शैक्षिक सामाग्री प्रदान गर्नुभएको विद्यालयका सहायक प्रधानध्यापक भबिन्द्र गौतमले जानकारी दिनुभयो ।

    त्यस्तै थापाले प्रगति आधारभूत विद्यालयमा अध्ययनरत जेहेन्दार तर्फ विद्यार्थी सुप्रिया केसी र दिप्लव श्रीस, विपन्न तर्फ विद्यार्थी सृष्टी विश्वकर्मालाई शैक्षिक सामाग्री सहयोग गरेको विद्यालयका प्रधानध्यापक तुल बहादुर थापाले जानकारी दिनुभयो ।Screenshot_20211112-215647_Gmail.jpg

    उक्त शैक्षिक सामाग्री गलकोट नगरपालिका वडा नं ७ का वडा सदस्य लोक बहादुर थापा र घुम्टे युवा परिवारका सदस्य भूमिराज थापाले संयुक्त रुपमा विद्यार्थीलाई हस्तान्तरण गर्नुभएको विद्यालयले जनाएको छ ।

    सो अवसरमा वडा सदस्य लोक बहादुर थापा र जनहित माध्यमिक विद्यालयका प्रधानध्यापक देव बहादुर खत्रीले जन्मदिनको अवसरमा थापालाई शुभकामना व्यक्त गर्नुभएको छ ।

    दुवै विद्यालयमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग प्रदान गर्ने थापालाई विद्यालयले सम्मान पत्र समेत प्रदान गरेका छन ।

    सहयोगी थापा जनहित माध्यमिक विद्यालय र प्रगति आधारभुत विद्यालय मल्मका अक्षयकोषकर्ता, सहयोगी एवं पुर्व विद्यार्थी समेत हुनुहुन्छ । गलकोट नगरपालिका वडा नं ७ मल्म स्थायी घर भई जापानमा कर्म गरिरहेका युवा समाजसेवी तुलबिर थापाले समय समयमा विभिन्न संघ संस्थाहरु सँगै समाजमा यस्तै परोपकारी कामहरु गर्दै आईरहनुभएको छ ।

     

    images
    शुक्रवार, कार्तिक २६ २०७८०९:५९:०४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार