Oct 05 2026 | २०८३, आश्विन १९ गते

भ्रष्टाचारको आरोपमा विद्यार्थी संगठनले प्र.अ. लाई दल्यो कालोमोसो।

भ्रष्टाचारको आरोपमा विद्यार्थी संगठनले प्र.अ. लाई दल्यो कालोमोसो।

  • 528
    SHARES

  • भ्रष्टाचारको आरोपमा विद्यार्थी संगठनले प्र.अ. लाई दल्यो कालोमोसो।

    जाजरकोट मंसिर ९ - भ्रष्टाचारको आरोपमा विद्यार्थी संगठन द्वारा प्रधानाध्यापक लाई कालोमोसो दलेर सार्वजनिक कार्बाही गरेको छ।

    जाजरकोट जिल्ला, नलगाड नगरपालिका वडा न.१ बिरेन्द्र हिमालय मा.बि. का प्रधानाध्यापक  चन्द्र बहादुर केसी (नलगाड नगरपालिका वडा न.१२ मा बस्ने) लाई बिप्लव निकट विद्यार्थी संगठन अखिल ( क्रान्तिकारी ) ले विद्यार्थी तथा अभिभावक हरुको अनुरोध पश्चात् गार्बाही गरेको जनाइएको छ।

    FB_IMG_1637835230630.jpg

    कार्बाही पश्चात् विद्यार्थी संगठन ले भनेको छ 'सरकारी विद्यालय ध्वस्त पार्ने भ्रष्टाचारीहरु लाई छानी छानी जनकारबाही गरिनेछ ! '

    यस्तो छ विद्यार्थीसंगठन को बिग्यप्तिको पुर्णपाठ।

    त्याग समर्पण र बलिदान को रक्तरन्जित इतिहास निर्माण गर्दै सडकबाघको रुपमा स्थापित लाखौ विद्यार्थीहरुको पृय संगठन अखिल (क्रान्तिकारी) निरन्तर रुपमा शैक्षिक क्षेत्रमा भएको दलालिकरण, माफियाकरण, भ्रष्टिकरण, ब्यापारिकरण र बिभेदपुर्ण शिक्षाका विरुद्ध संघर्ष गर्दै आइरहेको छ।

    राष्ट्रिय स्वाधीनताको रक्षा ,जनजिबिकाको ग्यारेन्टी, ब्यबहारिक, बिज्ञान र प्रबिधि मैत्री तथा समान शिक्षा प्राप्तिका लागि निरन्तर हाम्रो संगठन यो देशका लाखौ विद्यार्थीहरुका अधिकार एबं रक्षाका लागि मुक्तिगामी आन्दोलनमा संगठनले अग्र मोर्चामा रहि बलिदान पुर्ण योगदान गर्दै आएकोकुरा आम नेपाली जनसमानसमा जगजाहेर नै छ।

    यसै सन्दर्भमा बिरेन्द्र हिमालय माबी नलगाड नगरपालिका वडा नंम्बर १२ का प्र.अ. चन्द्र बहादुर केसीलाई कार्बाही गरेको छ।

    प्र.अ. चन्द्र बहादुर लाई कार्बाही किन?

    १: समग्र शिक्षा क्षेत्रलाइ कमाइखाने भाडोको रुपमा प्रयोग गरि आम जनताको भविष्य माथी खेलवाड गरिएको कारण ।

    २: प्रदेशको बजेट अन्तर्गत सामाजिक बिकास कार्यलय मार्फत बिद्यालयको आठ कोठे भएअन निर्माणकालागि दिएको बजेट आफै निर्माण गर्ने जिम्मेवारी लिइ प्राबिधिक स्टामेट बिपरित कार्य गरि भवन गुणस्तरहिन बनाइ भवनमा पानी चुइने भई विद्यार्थी बस्न लायक नभएको कारण ।

    ३: बिद्यालयको बिज्ञान सम्बन्धी सामाग्री खरिदको नाममा रु. १० लाख घोटाला गरेको कारण।

    ४: विद्यार्थीले पाउनुपर्ने छात्रवृत्ति र पाठ्यपुस्तकको २०७२/७३ सालको अहिलेसम्म विद्यार्थीलाई नदिइ घोटाला गरेको कारण

    ५: शिक्षा ऐन अनुसार माध्यमिक तह सम्म नि:शुल्क शिक्षा संविधानमा उल्लेख छ, तर बिद्यालयमा शिक्षक दरबन्दी फुलफिल भएको हुदा हुँदै प्रतेक विद्यार्थी बाट भर्ना शुल्क रु. १ हजार उठाइएको कारण।

    ६: बिद्यालयको मुद्दती खातामा रहेको ८ लाख रुपैया निकासा गरि घोटाला गरिएको कारण।

    कक्षा ११/१२ तर्फ ४ वटा दरबन्दी हुदाहुदै पनि प्रतेक विद्यार्थी बाट भर्ना शुल्कको नाममा रु. ३,२५० लिएको र वार्षिक शुल्क रु. ७,५०० लिएको कारण ।

    ८: विद्यार्थीले कक्षा १०, ११ र १२ पास गरेको प्रमाणपत्रको ३६० जना विद्यार्थी बाट रु. ३ हजार उठाएको कारण ।

    ९: प्रदेश सरकार मार्फत फिल्ड निर्माण कार्य सन्दर्भमा रु. २० लाख बजेटमा रु. ५ लाखको मात्र काम गरि रु. १५ लाख घोटाला गरेको कारण ।

    १०: शिक्षक सरुवा सन्दर्भमा रु. १ लाख ४० हजार उठाएर खाएको कारण ।

     

    images
    बिहिवार, मंसिर ९ २०७८०५:२८:४०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार