Oct 05 2026 | २०८३, आश्विन १९ गते

परीक्षा स्थगित गरी विद्यालयमा दलको चुनाव गरेको बिरोधमा बिद्यार्थीले गरे तोडफोड र आगजनी।

परीक्षा स्थगित गरी विद्यालयमा दलको चुनाव गरेको बिरोधमा बिद्यार्थीले गरे तोडफोड र आगजनी।

  • 625
    SHARES

  • परीक्षा स्थगित गरी विद्यालयमा दलको चुनाव गरेको बिरोधमा बिद्यार्थीले गरे तोडफोड र आगजनी।

    बारा, मंङ्सिर १७ गते । बाराको महागढीमाई नगरपालिका १० गञ्जभवानीपुरस्थित रहेको भोला माध्यमिक बिद्यालयका बिद्यार्थीले परीक्षा स्थगित गरी विद्यालयमा राजनीतिक दलको चुनाव गरेको बिरोधमा बिद्यार्थीले बिद्यालयमा तोडफोडसहित आगजनी गरेका छन् । विद्यार्थीहरुले बिद्यालयको टेबल, बेञ्च र कुर्सी तोडफोड गरी आगजनी गरेका हुन् ।

    मंङ्सिर १२ गतेदेखि सुचारु परीक्षा स्थगितगरी बिहिबार बारा निर्वाचन क्षेत्र नम्बर–२ को नेपाली काँग्रेसको क्षेत्रीय चुनाव गर्न लागेको भन्दै कक्षा ६ देखि प्लस टु का बिद्यार्थीले करिब एक दर्जन टेबल, बेञ्च र कुर्सी तोडफोड गरी आगजनी गरेका बारा प्रहरीले जनाएको छ ।

    परीक्षा स्थगित गरी राजनीतिक चुनाव गर्न लाग्दा एक दिन पहिले नोटिस वा सार्वजनिक सूचना प्रकाशित गर्नुपर्नेमा बिद्यालयका प्राध्यानाध्यापक मोहनप्रसाद साह तेलीले त्यसो नगरेको भन्दै बिद्यार्थीको समुह आक्रोशित भएर तोडफोड गरेको विद्यालयका विद्यार्थीले बताएका छन् ।

    बिद्यालयमा राजनीतिक वा बिद्यार्थीलाई मर्का नपर्ने गरी शिक्षा ऐन लागु भएपनि स्थानिय नेताहरुले अहिले पनि बिद्यालयलाई राजनीतिक अखड बनाएको भन्दै बिरोध भएको बिद्यार्थी रामजी प्रसादले जानकारी दिनुभयो ।

    बिगत दुई बर्षदेखि बिद्यार्थीको पढाई (कोभिड–१९) कोरोना महामारीको कारण लथालिङ्ग हुँदैआएको र बल्लतल्ल पढाई शुरु भएपनि नेताहरुको चुनावले बिद्यार्थीको परीक्षा स्थगित गर्नु जायज नरहेको स्थानीय अभिभावकहरु बताउछन । #गोरखापत्र 

     

    images
    शुक्रवार, मंसिर १७ २०७८०३:५८:५९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार