सोमवार, मंसिर २७ २०७८
धनगढी,२७ मंसिर - कैलाली बहुमुखी क्याम्पसमा विद्यार्थीले टिकटक बनाउन नपाउने नियम बनाएको छ । क्याम्पसले एक सुचना जारी गर्दै क्याम्पस परिसरभित्र भिडियो शेयरिङ प्लेटफर्म ‘टिकटक’ बनाउन रोक लगाउने निर्णय गरेको हो ।
विद्यार्थीहरुले क्याम्पस हाताभित्र स्मार्ट मोबाइलको प्रयोग गरि लगातार टिकटक बनाइरहेको गुनासो आएपछि क्याम्पसले यस्तो निर्णय गरेको हो । क्याम्पस ले भनेकोछ, 'सुचनाको अटेर गरेको पाईएमा आचारसंहिता अनुसार कारबाही गरिने क्याम्पस जनाएको छ।' 
यसअघि कैलाली कै घोडाघोडी बहुमुखी क्याम्पसले समेत एक सूचना जारी गर्दै क्याम्पस हाता भित्र टिकटक बनाउन नपाउने निर्णय गरेको थियो।
