बुधवार, पौष २८ २०७८
भक्तपुर - प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिईभिटी) मा भएको अनियमितता को कारण विद्यार्थीहरु मारमा परेको भन्दै संयुक्त विद्यार्थीहरुले ज्ञापनपत्र बुझाएका छन्।
परिषदमा भैरहेको अनियमितताका करण बिद्यार्थीहरुले थुप्रै समस्या भोग्नु परेको भन्दै अब उप्रान्त यस्ता समस्या फेरि दोहोरिन नदिन चेतावनी सहित बिज्ञप्ति बुझाएको हो।
बिज्ञप्तिमा भनिएकोछ, हरेक बर्ष नतिजा ढिला प्रकाशित हुनुका साथै CTEVT ले निकाल्ने आकस्मिक सूचना ( नतिजा प्रकाशन बिना फार्स्म खोल्नु ) प्रती खेद प्रकट गर्दछौ ।
त्यसैगरी विद्यार्थीहरुले नतिजा छिटो प्रकाशन गर्नुपर्ने , कोभिड 19 लाई मध्यनजर गरि बिद्यार्थीहरुलाई होम सेन्टरको ब्यबस्था हुनुपर्ने माग समेत राखेका छन।
विद्यार्थीहरुले कोभिडको बेलाको पाउनुपर्ने 15% छुट माग्दा बिद्यार्थी लाई धम्क्याउने कलेजलाई कार्वाही गर्नुपर्ने बताएका छन्।
यस्तो छ विद्यार्थीले बुझाएको ज्ञापनपत्र ।
