Jul 27 2026 | २०८३, श्रावण ११ गते

कोभिड प्रोटोकल पालना नभए परीक्षा स्थगित गर्न प्रम.को निर्देशन, निर्णय गर्ने जिम्मा सिसिएमसीलाई।

कोभिड प्रोटोकल पालना नभए परीक्षा स्थगित गर्न प्रम.को निर्देशन, निर्णय गर्ने जिम्मा सिसिएमसीलाई।

  • 658
    SHARES

  • कोभिड प्रोटोकल पालना नभए परीक्षा स्थगित गर्न  प्रम.को निर्देशन, निर्णय गर्ने जिम्मा सिसिएमसीलाई।

    काठमाडौ - प्रधानमन्त्री शेरबहादुर देउवाले हाल संचालित भैरहेका विश्वविद्यालयका परीक्षाहरूमा कोभिड प्रोटोकल पालना नभएको भए स्थगित गर्न निर्देशन दिएका छन्।

    प्रधानमन्त्री देउवाले बिहिवार बिश्वबिद्धालयका परिक्षा भएका कलेजहरुमा भौतिक दूरी कायम भए/नभएको र परीक्षा हलमा स्यानेटाइजर एथेष्ट मात्रामा भए नभएको अनुगमन गर्न र यदि प्रोटोकल पालना नभएको भए केबि हप्ता परिक्षा स्थगित गर्न निर्देशन दिएकाहुन्। 

    देउवाले मुख्यसचिव शंकरदास बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा कोभिड प्रोटोकल पालना भए÷नभएको अनुगमन गर्न निर्देशन दिएका जनाइएको छ।  प्रधानमन्त्रीले परीक्षा हलमा सामाजिक दूरी कामय नगरेको र स्यानेटाइजर एथेष्ट मात्रामा नभएको पाइएका केही हप्ता परीक्षा स्थगित समेत गर्ने गरी प्रक्रिया अघि बढाउन पनि मुख्यसचिवलाई निर्देशन दिएका छन् ।

     

    त्यसैगरी सरकारले परीक्षा हलको अवस्था अनुगमन गरेर सीसीएमसी निर्देशक समितिमार्फत थप निर्णय गर्ने भएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले यसबारे आवश्यक निर्णय गर्न सिसिएमसिलाइ निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ ।

    कोरोना संक्रमणमा लगातार वृद्धि आएपछि हाल विद्यालयहरु बन्द रहे पनि स्वास्थ्य मापदण्ड पालना गरी विभिन्न परीक्षा सञ्चालन हुँदै आएको छ । पूर्वाञ्चल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालयले धमाधम विभिन्न तहका परीक्षा कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

    सोही क्रममा बुधबार कोरोना संक्रमितलाई परीक्षा हलमा सँगै राखिएको भन्दै काठमाडौंको बुद्धनगरस्थित कान्तिपुर इन्टरनेशनल कलेजमा विद्यार्थीहरुले तालाबन्दी गरेका थिए भने त्यसक्रममा प्रहरी र विद्यार्थी बिच झडप समेत भएको थियो।

    images
    बिहिवार, माघ ६ २०७८०२:५५:११

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार