Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षक तथा कर्मचारीलाई बुस्टर डोजको व्यावस्था गर्न जिल्ला प्रशासनको ध्यानाकर्षण।

शिक्षक तथा कर्मचारीलाई बुस्टर डोजको व्यावस्था गर्न जिल्ला प्रशासनको ध्यानाकर्षण।

  • 632
    SHARES

  • शिक्षक तथा कर्मचारीलाई बुस्टर डोजको व्यावस्था गर्न जिल्ला प्रशासनको ध्यानाकर्षण।

    माघ, ९ काठमाडौ - निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचरीलाई बुस्टर डोज लगाउने व्यावस्था मिलाइदिन जिल्ला प्रशासन कार्यालय झापालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

    निजी लगानिमा सञ्चालित शैक्षिक संस्थाहरुमा कार्यरत हजारौ शिक्षक तथा कर्मचारी आवश्यक स्वास्थ्य सेवा तथा खोप सुविधाबाट बञ्चित हुनपुग्दा पेसाप्रति नैराश्यता उत्पन्न हुनगई यसबाट शैक्षिक क्षेत्रमा नकरात्मक प्रभाव पर्नसक्ने भन्दै बुस्टर डोज लगाउने व्यावस्था मिलाइदिन आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो।

    प्याब्सनले जुनसुकै अवस्थामा पनि विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द गर्नु मात्रै संक्रमणबाट बच्ने उपाए नभएको भन्दै जिल्ला प्रशासनको ध्यानाकर्षणपत्र मार्फत स्मरण गराएको जनाएको छ ।

    नगर तथा पालिकागत संक्रमण दर अध्ययन गरी न्युन संक्रमण रहेका पालिकामा पालिकासँगको समन्वयमा सिफ्ट प्रणाली वा अन्य विधिबाट पठनपाठन सञ्चालन गरी बालबालिकामा पर्नसक्ने नकरात्मक मनोबैज्ञानिक असरलाई बेलैमा न्युनिकरण गर्नका लागि समेत प्याब्सनले ध्यानाकर्षण बताएको छ।

    यस्तो छ ध्यानाकर्षण पत्र ।

    Screenshot_20220123-184642_Facebook.jpg

    images
    आइतवार, माघ ९ २०७८०७:००:२७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार