शुक्रवार, माघ १४ २०७८
काठमाडौं /१४ माघ- प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) अन्तर्गतका सम्पूर्ण आंगिक, साझेदारी र निजी स्तरामा सञ्चालित शैक्षिक संस्थाहरु माघ १५ गतेदेखि २० गतेसम्म खुल्ने भएका छन्।
परिषदले एक सुचना जारी गर्दै कोभिड - १९ को खोप लगाउने अभियान अन्तर्गत विद्यार्थीहरुलाई लगाइने खोप दिने प्रायोजनका लागि शैक्षिक संस्थाहरु खोल्ने निर्णय गरेको हो ।
यस समयमा सबै शिक्षालयहरु खोल्न र स्थानीय तह सँगको समन्वयमा स्वास्थ्य चौकिमा सम्पर्क गरी तोकिएको उमेर समूहका सबै खोप लगाउन बाँकी विद्यार्थीहरुलाई खोप लगाउने व्यावस्था गर्न सिटिइभिटी अन्तर्गतका शैक्षिक संस्थाहरुलाई निर्देशन दिएको छ ।
साथै विद्यार्थीहरुले खोप लगाएको सूनिश्चितता गर्न र खोप लगाएको विद्यार्थीहरुको नामनामेसी सहितको विवरण अध्यावधिक गर्न समेत सबैलाई भनिएको छ ।
