Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षाको तालिका सार्वजनिक। (तालिका सहित)

नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षाको तालिका सार्वजनिक। (तालिका सहित)

  • 702
    SHARES

  • नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षाको तालिका सार्वजनिक। (तालिका सहित)

    माघ १६, काठमाडौ - नेपाल मेडिकल काउन्सिलले विशेष परीक्षा तालिका सार्वजनिक गरेको छ। काउन्सिलले २०७८ माघ २१ र २२ गते सञ्चालन हुने विशेष परीक्षाको समय तालिका सार्वजनिक गरेको हो।

    काउन्सिलले विभिन्न विषयको विशेषज्ञको विशेष परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक इन्जिनियरिङ क्याम्पस र सूचना तथा सञ्चार प्रविधि केन्द्रमा गर्ने गरी तालिका सार्वजनिक गरेको छ।

    तालिका अनुसार माघ २१ गत शुक्रबार बिहान १० बजेदेखि १२ बजेसम्म एनेस्थेसियोलोजी लगायतका चार ओटा विषयको र अपरान्ह २ बजेदेखि ४ बजेसम्म एनाटोमी लगायतका ९ ओटा विषयको परीक्षा हुने काउन्सिलले जारी गरेको सूचनामा उल्लेख गरेको छ । त्यसैगरी माघ २२ गते शनिबार बिहान १० बजेदेखि १२ बजेसम्म अब्सट्रेटिक एन्ड गाइनोकोलोजी लगायत ४ विषय र अपरान्ह २ बजेदेखि ४ बजेसम्म बायोकेमेष्ट्री, कार्डियो भ्यास्कुलर मेडिसिन/कार्डियोलोजी लगायतका १५ वटा विषयको परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको छ ।

    हेर्नुस यस्तो छ विशेष परिक्षाको तालिका।

    Screenshot_20220130-182548_Facebook.jpgScreenshot_20220130-182603_Facebook.jpg

    images
    आइतवार, माघ १६ २०७८०६:३३:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार