शुक्रवार, पौष २४ २०७७
नेपालगन्ज, विप्लव निकट बिद्यार्थी संगथान अखिल (क्रान्तिकारी) बाँकेले विद्यालयमा उपस्थित नभई महिनौ दिनको हाजिर एकैपटक लगाएर तलब खार्दै आएका सामुदायिक विद्यालयका एक शिक्षकलाई कारबाही गरेको छ । बाँके जिल्लाको कोहलपुर नगरपालिका वडां नं १४ हवलदारपुर स्थित राम माध्यामिक विद्यालयमा कार्यरत शिक्षक पवन कुमार यादवलाई कारबाही गरेको हो ।
विगत लामो समयदेखी विद्यालयमा नियमित उपस्थित नहुने, कहिलेकाही उपस्थित भैहालेमा पनि आफ्नो कक्षा नै नलिने, महिनौं तथा हप्तौंसम्म उस्थित नभएर एकै पटक हाजिर लगाई आफ्नो तलव बुझ्ने गरेको गुनासो विगत लामो समय देखी त्यस विद्यालयमा अध्ययनरत विद्यार्थी तथा तिनका अभिभावकहरूले अखिल क्रान्तिकारी बाँके सँग गुनासो गर्दै आएकोले कारवाही गरिएको जारी प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ । संगठनको जारी बिज्ञप्तीअनुसार पटकपटक यस विषयमा सम्बन्धित पक्षको ध्यानाकर्षण गराएपनि खासै चासो नदिएकोले कारवाही गरिएको बताइएको छ ।
बिज्ञप्ती अनुसार अनेरास्ववियू (क्रान्तिकारी)ले लामो समयदेखीको अभिभावक तथा विद्यार्थीको गुनासोलाई मध्यनजर गर्दै पुनः आज उक्त विद्यालयमा अनुगमन गर्दा निज शिक्षक पवन कुमार यादव विगत २३ दिन देखि कुनै पनि किसिमको बिदा नलिइ तथा विद्यालय प्रशासनलाई कुनै जानकारी नै नदिएर अनुपस्थित रहेको स-प्रमाण भेटिएकाले निज पवन कुमार यादवको हाजिरी पुस्तिकामा संगठनको छाप लगायर हाजिरी गयल प्रमाणित गरिएको छ ।
बिद्यार्थीको उज्ज्वल भविष्यतर्फ अग्रसर गराउने जिम्मेवारी लिएको शिक्षकद्धारा गरिएको यसप्रकारको गैरजिम्मेवारी गतिविधिप्रती संगठनले गम्भीर ध्यानार्षण पनि गराएको र शिक्षक यादवलाई सुध्रिन वा राजीनामा गर्नको निम्ति चेतावनी पनि संगठनले दिएको जनाएको छ । साथै अनुपस्थित रहेको सम्पूर्ण दिनको तलव कटौती सहित कडा कार्बाहिको लागि सम्बन्धित निकाय समक्ष संगठनले जोडदार माग समेत राखेको छ । शिक्षक पवन कुमार यादव शिक्षक महाँसंघ बाँकेका जिल्ला अध्यक्ष समेत हुन् ।