बुधवार, माघ १९ २०७८
माघ १९, काठमाडौं - प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) का स्थगित गरिएका परिक्षाहरु फागुन ६ गते देखि शुरु हुने भएका छन्।
सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले कोभिड १९ का कारण माघ ११ गतेको निर्णय अनुसार स्थगित भएका सम्पूर्ण परीक्षाहरु पुन: सञ्चालन गर्ने भएको हो ।
परिषदले कोभिड १९ संकट ब्यबस्थापन केन्द्र (सिसिएमसीसी) र नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धीस् सम्पुर्ण मापदण्ड पूर्ण रुपमा पालना गरी फागुन ६ गतेदेखि परिक्षाहरु सञ्चालन गरीने जनाएको छ ।

सिटिइभिटी परिक्षा नियन्त्रण कार्यलय ले डिप्लोमा तहको विशेष प्राबिधिक शिक्षा कार्यक्रम तथा बायो मेडिकल इक्युप्मेण्ट इन्जिनियरिङ कार्यक्रमको स्थगित नियमित/आंसिक परिक्षा संचालन गर्ने भएको छ। बिस्तृत जानकारीका लागि सिटिइभिटिको वेबसाईट www.ctevt.org.np मा गएर हेर्न सकिने छ।



