Jul 27 2026 | २०८३, श्रावण ११ गते

एसइइ परीक्षा निर्वाचन अघि हुने, तालिका एक दुई दिनमै

एसइइ परीक्षा निर्वाचन अघि हुने, तालिका एक दुई दिनमै

  • 871
    SHARES

  • एसइइ परीक्षा निर्वाचन अघि हुने, तालिका एक दुई दिनमै

    माघ,२६/ काठमाडौ -  यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा सरकारले जेठ ३० गते गर्ने भनिएको निर्वाचन अगावै हुनेभएको छ। त्यसको लागि राष्ट्रिय परिक्षा बोर्डले परिक्षा तालिका एक दुई दिनमै प्रकाशित गर्ने भएको छ ।

    परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परिक्षा तालिका प्रकाशित गर्ने अन्तिम तयारी रहेको भन्दै आज बुधबार वा भोलि बिहीबारभित्र तालिका सार्वजनिक हुने बताए ।बोर्डले वैशाख २० गतेभित्र परीक्षा सक्ने गरी तयारी थालेको छ ।

    यसअघि बोर्डले स्थानीय तहको निर्वाचन घोषणा गरेलगत्तै परीक्षा तालिका सार्वजनिक गर्ने जनाएको थियो ।

    राष्ट्रिय परिक्षा बोर्डले जनाए अनुसार स्थानीय निर्वाचन गराउन कर्मचारीहरु समेत खटिनुपर्ने भएकाले निर्वाचन हुनुभन्दा १० दिन अघि नै परीक्षा सक्ने  गरी तालिका निकाल्ने तयारी भएको जनाएको छ। त्यस अनुरुप वैशाखको ११ गतेभित्र परीक्षा शुरू हुने निश्चित भएको छ।

     

    images
    बुधवार, माघ २६ २०७८०८:०८:४७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार