Oct 02 2026 | २०८३, आश्विन १६ गते

के तपाईलाई गुगल एडसेन्स को बारे थाहा छ? अव यसरि घरमै बसी यसरी कमाउनुहोस् पैसा

के तपाईलाई गुगल एडसेन्स को बारे थाहा छ? अव यसरि घरमै बसी यसरी कमाउनुहोस् पैसा

  • 795
    SHARES

  • के तपाईलाई  गुगल एडसेन्स को बारे थाहा छ? अव यसरि  घरमै बसी यसरी कमाउनुहोस् पैसा

    गुगल एडसेन्स के हो ?

    साधारण रूपमा भन्नुपर्दा गुगलका धेरैजसो सेवा जस्तै जीमेल, गुगल ड्राइभ, गुगल पे, गुगल फोटो र गुगल विज्ञापनहरू आदिको बारेमा थाहा छ। त्यस्तै किसिमको एडसेन्स पनि गुगलको एउटा सेवा हो ।

     

    एडसेन्स एक विज्ञापन नेटवर्क हो, जुन हामीले युट्युबमा फिल्म हेर्दा बेला बेलामा भिडियोमा आउने विज्ञापन हो । त्यस्तै तपाईं वेबसाइट भिजिट गर्दै हुनुहुन्छ भने त्यसमा आउने टेक्ट, जुन विज्ञापनको रुपमा आएको हुन्छ । त्यही नै गुगलको विज्ञापन नेटवर्क एडसेन्सले प्रादन गरेको सामग्री हो ।

     

    हामी पहिले विज्ञापनदाता र विज्ञापन प्रकाशकबारे जानकारी लिउँ ।

    विज्ञापनदाता : यी ती मानिस वा संस्था हुन्, जुन सेवा वा उत्पादनको विज्ञापन गर्न चाहन्छन् । जसले गुगलको एड नेटवर्कमा आफ्नो सेवा वा वस्तुको विज्ञापन गर्छन् ।

    प्रकाशक : यी ती व्यक्ति हुन् जुन उनीहरूको वेबसाइट, ब्लग वा युट्युब भिडियोहरूमा अन्य व्यक्ति वा संस्थाको विज्ञापनहरू राखेर पैसा कमाउँछन् । विज्ञापनदाताले विज्ञापन दिएपछि प्रकाशकले आफ्नो च्यानल साइट आदिमा सो एड प्राप्त गर्छन ।

     

    त्यसैले विज्ञापनदाताले गुगलमा विज्ञापन दिन्छन्, जुन गुगलले एडसेन्स मार्फत प्रकाशकहरूलाई दिन्छ र प्रकाशकहरूले एडसेन्स मार्फत विज्ञापन लिन्छन् र उनीहरूको वेबसाइट, ब्लग र युट्युब भिडियोहरूमा सजिलै राखेर पैसा कमाउँछन्।

    एडसेन्सले कसरी काम गर्छ ?

    एडसेन्सको कार्य बुझ्न, हामीले गुगल सर्च इन्जिन, गुगल एड र एडसेन्स बुझ्नुपर्छ।

    गुगल सर्च इञ्जिन : गुगल एक सर्च इन्जिन हो, जसमा हामी प्रत्येक दिन केही खोजी गर्दछौं । जब तपाईं गुगलमा केही खोजी गर्नुहुन्छ, केही नतिजा गुगल रिजल्ट पेजकाे सुरूमा देखा पर्दछन् जुन तपाईंले सर्च बाकस मुनि देख्न सक्नुहुन्छ।

    गुगलले विज्ञापनकर्ताहरुबाट विज्ञापन प्राप्त गर्न गुगल विज्ञापन बनाएको छ।

     

    गुगल एडस् कुनै व्यक्ति वा संस्थाले गुगलमा उनीहरूको सामान, सेवा र व्यवसायको विज्ञापन गर्न यस वेबसाइटमा खाता खोल्नुपर्छ । यदि तपाईं आफ्नो कुनै वस्तु, सेवा वा अन्य कुनै कुरा गुगलमा विज्ञापन गरौ भन्ने सोच्नुभएकाे छ भने त्यसका लागि तपाईंले गुगल एडमा रजिस्टर गर्नुपर्ने हुन्छ र कति पैसा बराबरको विज्ञापन कति दिन गर्ने हो त्यसको पेमेन्ट गर्नुपर्छ ।

    एडसेन्स जब कुनै सस्था ब्यक्तिले विज्ञापन गर्छन सो विज्ञापनले तपाईंको युटुब भिडियो र वेबसाईटहरुमा विज्ञापन प्रधान गर्छ जुन ठाउँको विज्ञापन र जुन ठाउँमा देखाउने सो ठाउँमा देखाउछ ।

    जसमा गुगलले विज्ञापनहरू मार्फत विज्ञापनकर्ताहरूबाट पैसा लिन्छ र केही प्रकाशकलाई दिन्छ केही आफैंमा राख्छ। एडसेन्सले चाही तपार्इले पहिला खाजि गरेको डाटाको आधारमा विज्ञापन दिने गर्छ ।

    यदि विज्ञापन दाताले सर्च रिज्लटमा मात्र विज्ञापन देखाउने बिकल्प छानेको छ भने सो विज्ञापन अरु भिडियो र वेबसाईटमा देखाउदैन ।

    नोटस् प्रकाशकहरूले विज्ञापन प्राप्त गर्न केवल उनीहरूको वेबसाइट वा ब्लगमा कोड राख्नुपर्नेछ र विज्ञापन कोड परिवर्तन गर्नुपर्दैन।

    एडसेन्सबाट पैसा कसरी कमाउने :

    एडसेन्सबाट पैसा कमाउने दुई तरिकाहरू छन्, एउटा वेबसाइट वा ब्लग गर्न र अर्को युट्युब भिडियोहरू मोनिटाइज गरेर कमाइ गर्न सकिन्छ ।

    जब तपाईंहरुले आफ्नो युटुब वा ब्लगएडसेन्सको गाइड लाईन अनुसार तयार भएको भन्ने लाग्छ भने एडसेन्स अप्लाई गर्न सक्नु हुन्छ ।

    कोभिडको कारणले गर्दा हाल एडसेन्स अप्रुभ केहि ढिला भएको छ । आउनुहोस्, पहिले वेबसाइट वा ब्लग मार्फत एडसेन्सबाट पैसा कमाउने जानकारीलाई बुझौं ।

    १. ब्लगिङ

    तपाईंलाई ब्लगिंगको प्रयोग गरी एडसेन्सबाट पैसा कमाउन एउटा ब्लग जुन गुगलले सप्पोर्ट गर्ने भाषामा भएको हुनु पर्छ । नेपाली भाषालाई गुगलले हाल सम्म एडसेन्स अप्रुभल गरेको छैन ।

    ब्लग बनाएर ब्लगिंग सुरू गर्नु धेरै सजिलो काम हो तपाईं ब्लगस्पटमा निस् शुल्क ब्लग पनि बनाउन सक्नुहुन्छ तर तपाईंले फ्री होस्टिंग प्रयोग नगर्नु राम्रो हो दीर्घकालीन रुपमा ब्लगगिङ गर्छु भन्ने लाग्छ भने एउटा राम्रो डोमेन र किनेर सुरु गरेको राम्रो हो ।

    ब्लगगरको ब्लगलाई पनि तपाईंले आफ्नो चाहेको डोमेनमा रिडाइरेक्ट गरेर आफ्नो ब्लग लाई राम्रो बनाउन सकिन्छ जुन यहाँ ले यस सबन्धी जानकारी प्राप्त गर्न सक्नु हुन्छ ।

    ब्लग बनाएपछि तपाईले एडसेन्स सर्तहरू अनुसार जब तपाइँको वेबसाइट छ भने एडसेन्सको लागी साइन अप गर्न सक्नुहुन्छ । गुगल एडसेन्स टिमले तपाईंको ब्लग राम्रोसँग जाच गरिसकेपछी एडसेन्स पोलिसी अनुसार भएमा स्विकृती प्रदान गर्छ ।

    पोलिसी अनुसार छैन भने पुनस् कारण दिएर सुधार गरी पुनस् अनुरोध गर्न सल्लाह दिन्छ । स्विकृत भएमा तपाईंले एडसेन्सको कोड आफ्नो ब्लगमा राखेर आम्दानीको ढोका खोल्न सक्नुहुन्छ । त्यसपछि, तपाईंको वेबसाइटमा आएका व्यक्तिहरूले वेबसाइटका विज्ञापनहरू देख्नेछन् र यदि उनीहरूले क्लिक गरेमा तपाईंले पैसा एडसेन्स खातामा देख्नुहुनेछ।

    जुब तपाईंको एडसेन्स खातामा १०० डलर वा १०० डलर भन्दा बढी भएपछि महिनाको २१ देखी २६ तारिख भित्रमा दिइएको ठेगानामा गूगलले पैसा पठाइदिन्छ ।

    २. युट्युब

    युट्युब मार्फत एडसेन्सबाट पैसा कमाउनको लागि, तपाईंले युट्युब च्यानल बनाउनु पर्छ जुन एकदम सजिलो छ। यदि तपाईं युट्युबको वेबसाइटमा गएर गुगल खाताले लगईन गर्नुभयो भने, तपाईंको युट्युब च्यानल तयार हुनेछ।

    युट्युब च्यानल बनाएपछि, तपाईंले भिडियोहरू बनाउनु पर्छ र युट्युब च्यानलमा अपलोड गर्नुपर्छ जुन अत्यन्तै सजिलो छ।

    नोट : भिडियोको कन्टेन्ट राम्रो छ भने तपाईंको च्यानल र भिडियो छिट्टै लोकप्रिय हुन्छ र तपाईंको अम्दानी पनि बढ्छ ।

    जब तपाईंको युट्युब च्यानलमा एक हजार सदस्यहरू र चार हजार घण्टाको समयसिमा जुन युट्युबले गरेको सिमा पार गरेपछि तपाईंको च्यानल मोनिटाइज सुरु हुन्छ । युट्युब च्यानललाई मोनिटाइज गर्न सजिलो छ। तपाईं युट्युब च्यानलको सेटिङमा गएर यो काम सजिलै गर्न सक्नुहुन्छ।

    एडसेन्स खाता बनाउने :

    अब तपाईंसँग युट्युब च्यानल वा ब्लग छ भने adsense.google.com मा गएर एप्लाई गर्न सक्नु हुन्छ । केही दिनमा एडसेन्स टिमले ईमेलमा स्वीकृत वा अस्वीकृत सबन्धी जानकारी पठाँउछ ।

    images
    आइतवार, पौष २६ २०७७०८:०७:२३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार