शुक्रवार, फाल्गुण २० २०७८
फागुन २०, काठमाडौ - प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT) द्वारा डिप्लोमा प्रमाणपत्र तहको सेमेस्टर परीक्षा प्रणालीको नियमित÷आंशिक परीक्षा आवेदन फाराम खुला गरेको छ ।
परिषदको परिक्षा नियन्त्रण कार्यलयले विभिन्न् कार्यक्रमहरुको दोस्रो वर्ष दोस्रो खण्ड र तेस्रो वर्ष दोस्रो खण्ड नियमित र आंशिक परीक्षाको आवेदन फारम खुलेको हो।
आगामि चेत÷वैशाखमा सञ्चालन हुने भएकाले परीक्षार्थीहरुले चैत ६ गतेभित्र नियमित र त्यसपछि चैत १३ गतेभित्र विलम्ब शुल्क बुझाइ फारम भर्न सकिने बताइएको छ।

