Jul 27 2026 | २०८३, श्रावण ११ गते

अनावश्यक पाठ्यसामग्री थपेर विद्यार्थीको झोला गह्रौ नबनाउनु ।

अनावश्यक पाठ्यसामग्री थपेर विद्यार्थीको झोला गह्रौ नबनाउनु ।

  • 689
    SHARES

  • अनावश्यक पाठ्यसामग्री थपेर विद्यार्थीको झोला गह्रौ नबनाउनु ।

    फागुन २५, काठमाडौ - काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई अनावश्यक थप पाठ्यसामग्रीको बोझ नबोकाउन सबै संस्थागत विद्यालयलाई निर्देशन दिएको छ । महानगरले नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम अनुसार शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गरेको विषय बाहेक अतिरिक्त पाठ्यसामग्री प्रयोग नगर्न निर्देशन दिएको हो।

    केन्द्रले कानुनी ब्यबस्था भए अनुरुप स्वीकृत / अनुमति प्राप्त पाठ्यपुस्तक एबं पाठ्यसामग्री हरु बाहेक  अन्य बिषय पढाउन परेमा पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गरेको विषय र घण्टाबाहेक अतिरिक्त विषय पढाउन चाहेमा शिक्षा विभागबाट अनिवार्य पुर्व स्वीकृति लिनुपर्ने जनाएको छ । स्वीकृति लिदा बिद्यालय ब्यबस्थापन समितिको निर्णय सहित महानगर बाट स्वीकृत समेत लिनुपर्ने जनाएको छ।

    महानगरले कतिपय संस्थागत बिद्यालयले विद्यार्थीहरुलाइ अनावश्यक रुपमा थप पाठ्यसामग्रीहरु प्रयोग गर्न लगाइ गह्रौ झोला बोकाउने गाराएको भन्ने गुनासो धेरै आएको भन्दै संस्थागत बिद्यालय मापदण्ड तथा संचालन निर्देशिका २०६९ भएको मापदण्ड अनुसार तौल सिमा भित्र रहनेगरि ब्यबस्था मिलाउन समेत अनुरोध गरेको छ।

    यस्तो छ सूचना ।

    Screenshot_20220309-192841_Chrome.jpg

    images
    बुधवार, फाल्गुण २५ २०७८०७:४५:३३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार