Oct 06 2026 | २०८३, आश्विन २० गते

काजग किन्ने पैसा नभएसी विद्यार्थीहरुको परिक्षा रद्द।

काजग किन्ने पैसा नभएसी विद्यार्थीहरुको परिक्षा रद्द।

  • 503
    SHARES

  • काजग किन्ने पैसा नभएसी विद्यार्थीहरुको परिक्षा रद्द।

    चैत ६, काठमाडौ - श्रीलंकाको पश्चिमी प्रान्तमा कागज किन्ने पैसा नभएका कारण लाखौं विद्यालय विद्यार्थीहरूको लागि परीक्षा रद्द गर्न बाध्य भएका छन् । कोलम्बोसँग आयात गर्नका लागि डलरको कमी भएपछि यो समस्या सिर्जना भएको हो।

    सोमबारदेखि एक सातासम्म चल्ने आवधिक परीक्षा (टर्म टेस्ट) कागज अभावले अनिश्चितकालका लागि स्थगित गरिएको उनीहरुले बताएका छन् ।

    शिक्षा अधिकारीहरूका अनुसार परीक्षाहरू, कागजको चरम अभावका कारण अनिश्चित कालका लागि स्थगित गरिएको बताए। पश्चिमी प्रान्तमा हा झन्डै ६० लाख जनसंख्या रहेको शिक्षा विभागले भनेको छ ।

    कक्षा ९, १० र ११ को परीक्षाहरु निरन्तर मूल्याङ्कन प्रक्रियाको अंश हो । विद्यार्थीहरूलाई वर्षको अन्त्यमा अर्को कक्षामा बढुवा गर्नका लागि यो लिइन्छ ।

    श्रीलंकाले सन् १९४८ मा स्वतन्त्रता पाएपछि सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ।

     

    images
    आइतवार, चैत्र ६ २०७८०८:२८:५४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार