शुक्रवार, चैत्र ११ २०७८
चैत/११, काठमाडौ - बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालले आन्तरिक तथा खुल्ला प्रतियोगितात्मक परिक्षाद्वारा पदपूर्ति सम्बन्धी सूचना जारी गरेको छ।
अस्पतालमा रिक्त रहेका विभिन्न पदहरुमा आन्तरिक तथा खुला प्रतियोगिता द्वारा स्थायी रुपमा पदपूर्ति गर्न यो सुचना जारी भएको हो।
लोकसेवा आयोगबाट मिति २०७८ फागुन २७ को पत्र बाट सहमति प्रप्त भए अनुसार अस्पतालको कर्मचारी प्रशाशन नियमावली अनुरुप योग्यता पुगेका कर्मचारी बाट सुचना प्रकाशित गरिएको जनाएको छ।
दर्खास्त फारम बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालको वेबसाईट www.bpkmch.org.no मा डाउनलोड गरि A4 साइज फोटोकपी पेपरमा प्रीन्ट/ फोटोकपी गर्न सकिने जनाएको छ।
