Oct 06 2026 | २०८३, आश्विन २० गते

वडाध्यक्षद्वारा ५ बर्षको सेवासुबिधा बापत १५ लाख रुपियाँ बिद्यालयलाई प्रदान।

वडाध्यक्षद्वारा ५ बर्षको सेवासुबिधा बापत १५ लाख रुपियाँ बिद्यालयलाई प्रदान।

  • 596
    SHARES

  • वडाध्यक्षद्वारा ५ बर्षको सेवासुबिधा बापत १५ लाख रुपियाँ बिद्यालयलाई प्रदान।

    चैत / १२, बझाङ - जयपृथ्वी नगरपालिका बझाङका एक जना वडाध्यक्षले ५ वर्षसम्म प्राप्त गरेको सेवासुविधा बापतको १५ लाख रुपियाँ  विद्यालयलाई प्रदान गरेका छन्।  नगरपालिका वडा नम्बर १० का अध्यक्ष दलबहादुर बिष्टले आफुले पाएको सेवासुविधाको रकम भोपुरस्थित सत्यवादी माध्यमिक विद्यालयलाई दिएका हुन्।

    आफूले कक्षा ६ देखि १० सम्म छात्रवृत्ति पाएर नै पढेको बताउँदै अध्यक्ष बिष्टले ‘कृष्ण पुष्पा फाउन्डेशन’ मार्फत शुक्रबार एक कार्यक्रमकाबीच उक्त विद्यालयलाई १५ लाख रकम दिएको बताइएको छ।

    उनले आफुलाइ छात्रवृत्तिले ठूलो टेवा पुर्‍याएको भन्दै सबै जनताका छोराछोरी विद्यालय पढ्न नसक्ने भएकाले छात्रवृत्ति प्रदान गर्न उक्त रकम बिद्यालयलाई प्रदान गरेको बताए । विष्ट स्थानीय तहको चुनावमा नेपाली कांग्रेसबाट विजयी भएका थिए।

     

    images
    शुक्रवार, चैत्र ११ २०७८०९:५७:३७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार