Oct 06 2026 | २०८३, आश्विन २० गते

स्वेच्छिक अवकाश, ७ महिनामा १ हजार ३३९ जना शिक्षकले दिए राजिनामा।

स्वेच्छिक अवकाश, ७ महिनामा १ हजार ३३९ जना शिक्षकले दिए राजिनामा।

  • 687
    SHARES

  • स्वेच्छिक अवकाश, ७ महिनामा १ हजार ३३९ जना शिक्षकले दिए राजिनामा।

    चैत /१३, काठमाडौं - सरकारले शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६ जारी गरेसंगै स्थानिय तहहरुले स्वेच्छिक अवकाश प्रोत्साहन रकमको घोषणा गरेपछी राजिनामा दिने शिक्षकको संख्या बढोत्तरी भएको छ।

    राष्ट्रिय किताबखाना (शिक्षक) का अनुसार २०७८ साउन  १ गते देखि फागुन मसान्तसम्मको ७ महिनामा १ हजार ३३९ जनाले शिक्षकले राजीनामा दिएको बताइएको छ। गत आर्थिक वर्षभरिमा ७९७ जना शिक्षकले राजीनामा दिएका थिए ।

    किताबखाना (शिक्षक) का महानिर्देशक रामराज खकुरेलले जागिरको अवधि बाँकी छँदै राजीनामा दिने शिक्षकको संख्या यो वर्ष धेरै देखिएको बताए । उनका अनुसार गत आर्थिक वर्षभरिमा आएको शिक्षकको राजीनामाभन्दा यो वर्षको आठ महिनामा दोब्बरको राजीनामा आएको छ ।

    सरकारले जारी गरेको दरबन्दी मिलान कार्यविधिमा शिक्षक दरबन्दी मिलान सम्बन्धी व्यवस्थाले विद्यालयका विद्यार्थी संख्या र हिमाल, पहाड तथा तराईका लागि शिक्षक विद्यार्थी अनुपात क्रमश चालिस, पैंतालीस र पचासलाई स्थानीय तहको शिक्षकको मौजुदा अवस्था र आवश्यकता पहिचानको आधारमा लिन भनेको छ ।

    दरबन्दी मिलान गर्दा सामाजिक न्याय, समानुपातिक वितरण, भौगोलिक विषमतालाई ध्यान दिँदै गुणस्तरीय शिक्षा प्रवर्द्धनमा जोड दिन विद्यालयमा बढी भएको शिक्षक दरबन्दी स्थानीय तहमा, स्थानीय तहमा बढी भएको दरबन्दी जिल्लामा, जिल्लामा बढी भएको दरबन्दी प्रदेशमा र प्रदेशमा बढी भएको दरबन्दी केन्द्रमा पुलमा राखी शिक्षक दरबन्दी कम भएका विद्यालय, स्थानीय तह र प्रदेशमा मिलान तथा पुनर्वितरण गर्ने भनिएको छ ।

    यो कार्यविधि लागू गर्नुपर्ने भएपछि पालिकाहरूले पुराना शिक्षकको ठाउँमा नयाँ शिक्षक ल्याउने वातावरण बनाउन पुराना शिक्षकलाई न्यूनतम एक लाखदेखि पाँच लाखसम्म दिने गरी स्वेच्छिक अवकाश योजना ल्याएका छन् । अहिले राजीनामा दिनुको मुख्य कारण पालिकाहरूले दिने प्रोत्साहन देखिएको जानकार हरु बताउछन।

     

    images
    आइतवार, चैत्र १३ २०७८०८:१७:२८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार