Jul 28 2026 | २०८३, श्रावण १२ गते

जीवनोपयोगी शिक्षाको नाममा गणित बिषय हटाउनु बिज्ञानको महत्व नबुझ्नु हो !

जीवनोपयोगी शिक्षाको नाममा गणित बिषय हटाउनु बिज्ञानको महत्व नबुझ्नु हो !

  • 1.4K
    SHARES

  • जीवनोपयोगी शिक्षाको नाममा गणित बिषय हटाउनु बिज्ञानको महत्व नबुझ्नु हो !

    सोह्रौं शताब्दीका महान् वैज्ञानिक ग्यालिलियो ग्यालिलीले दर्शनशास्त्र र गणितका सम्बन्धमा भनेको एउटा प्रसिद्ध भनाइ छ , “दर्शनशास्त्र (प्रकृति) त्यो महान किताबमा लेखिएको छ कि जो सदा हाम्रो आँखाअगाडि छ ( मैले भन्न खोजेको यो ब्रह्माण्ड हो)। परन्तु यदि हामीले सुरुमा यस किताबमा लेखिएको भाषा बुझ्न र संकेतहरुलाई बोध गर्न सकेनौं भने यस किताबलाई बुझ्न सक्दैनौं। त्यो किताब गणितीय भाषामा लेखिएको छ र ती संकेतहरू भनेका (त्रि–भुज (Triangle), वृत्त (Circle), र अन्य ज्यामितीय आँकडाहरु/आकृतिहरु हुन्, जसको सहयोगविना दर्शनशास्त्र (प्रकृति) को एकमात्र शब्द पनि बोध गर्न असम्भव छ। जसबिना व्यर्थै अन्धकारमय चक्रव्युहभित्र सिधा एक्लै छामछाम(छुमछुम गर्दै भड्किनु हो।’’

    शिक्षामा बैज्ञानिकिकरण को बहस चलिरहदा  हाम्रो देशमा भने गणित विषयमा धेरै विद्यार्थी अनुत्तीर्ण भएका आधारमा त्यसलाई पाठ्यक्रमबाटै हटाउने प्रक्रिया सुरु भएको छ । गत वर्षदेखि यो विषय चर्चामा छ । हालको कक्षा ११ को पाठ्यक्रममा विज्ञान अध्ययन गर्ने विद्यार्थीलाई गणित विषय अनिवार्य गरिएको छैन । यसो हेर्दा विज्ञान पढ्ने विद्यार्थीलाई यसले सजिलो पारेको जस्तो देखिन्छ । तर, कालान्तरमा तिनले उच्च शिक्षा अध्ययन गर्दा धोका पाउन सक्छन् ।

    गणितलाई अनिवार्य नगरी ऐच्छिक मात्र गराएपछि देशका धेरै स्थानमा यो विषय पढाइ हुने छैन । गणित शिक्षक ल्याउन नसकेको बहानामा राजधानी उपत्यका र केही सुगम ठाउँबाहेक दुर्गम स्थानमा खुलेका कलेजमा गणित अध्ययनको अवसर पाइने छैन । यसले स्वाभाविक रूपमा बढ्दै गएको शैक्षिक गुणस्तरको खाडल फराकिलो पार्दै लानेछ ।

    गणित विषय पढाइरहेका शिक्षकले प्रस्टसँग भनेका छन्– गणितबिनाको विज्ञान अधुरो हुन्छ । विज्ञान पढ्ने व्यक्तिको जीवनमा गणित अत्यन्त आवश्यक छ । तिनलाई भोलि विज्ञान क्षेत्रकै अन्य विषयमा जान अवरोध हुने गरी पाठ्यक्रममा हेरफेर गर्नु उचित थिएन । ‘जीवनोपयोगी शिक्षा’का नाममा गर्न थालिएको यस्तो निर्णयबारे शैक्षिक–क्षेत्र जानकार हुनु र भोलिका दिनमा यो निर्णय सच्याउन दबाब दिनु आवश्यक छ ।

    images
    बिहिवार, माघ १ २०७७०९:१६:११

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार