आइतवार, चैत्र २० २०७८
चैत/२०, काठमाडौ - प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) ले डिप्लोमा/ प्रमाणपत्र तह र प्रि - डिप्लोमा तहको छुट भएका परिक्षा आवेदन फारम बुझाउने सम्बन्धि अत्यन्त जरूरी सूचना प्रकासित गरेको छ।
परिषदले एक सूचना प्रकाशित गर्दै मिति २०७८ चैत २ गते प्रकाशित परिक्षा तालिका अनुरुप मिति;२०७८ चैत ३० बाट हुने परिक्षा आवेदन फारम बुझाउन नसकेका अर्थात फारम भर्न छुट भएका विद्यार्थीहरुले आगामी चैत २२ कार्यलय समय भित्र बिलम्ब शुल्कमा ITMS Online मा Entry गरि बुझाउन सकिने जनाएको छ।
