सोमवार, चैत्र २१ २०७८
चैत/२१, काठमाडौं - शिक्षक सेवा आयोगले तीनै तहको अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) को परिक्षा आगामी असारमा हुने भएको छ। आयोगको बार्षिक कार्यतालिका अनुसार परिक्षा २०७९ असारमा हुने भएको हो।
आयोगले असारमा परिक्षा संचालन गरि असोजमा नतिजा प्रकाशित गर्ने जनाइएको छ। यद्यपि परिक्षाको मिति भने यहि महिनाको अन्तिममा प्रकाशित गर्ने बुझिएको छ।
आयोगका अनुसार परीक्षा २०७९ को असारमा हुनेछ भने नतिजा असोजमा सार्वजनिक गरिनेछ । अध्यापन अनुमतिपत्र वितरण मंसिर महिनामा गरिने आयोगको वार्षिक कार्यतालिकामा उल्लेख छ ।
