शुक्रवार, चैत्र २५ २०७८
चैत, २५/ काठमाडौ - प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTECT ले प्री- डिप्लोमा तहको नियमित तथा आंसिक परिक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ।
परिषदको परीक्षा नियन्त्रण कार्यलयले मिति २०७८ फागुन २६ को प्रकाशित परीक्षा तालिका बमोजिम आवेदन फारम भर्ने ०७८ चैत २ गते प्रकाशित तालिका बमोजिम परिषदको प्रदेश कार्यलय को सिफारिस अनुरुप केन्द्र प्रकाशित गरिएको जनाइएको छ।
परीक्षा मिति २०७९ बैशाख ०२ गते बिहान ७:०० बजे देखि संचालन हुने छन।
परीक्षा केन्द्र हेर्न www.ctevt.org.np मा गएर हेर्न सक्नुहुन्छ।
