बिहिवार, जेठ १२ २०७९
जेठ, १२ काठमाडौ - प्राबिधिक शिक्षा तथा ब्यबसायिक तालिम परिषद (सिटिइभिटी) ले शैक्षिकसत्र २०७९/८० का लागि कार्यक्रम नवीकरण गर्ने बारे सूचना प्रकाशित गरेको छ। परिषदको स्तर निर्धारण तथा सम्बन्ध महाशाखाले प्री डिप्लोमा र प्रमाणपत्र / डिप्लोमा तहका कार्यक्रमहरु संचालन गरिरहेका संस्थाहरुलाई नवीकरण गर्न सुचना जारी गरेको हो।
सम्बन्धन पाएको मितिले दुई बर्षपछी प्रतेक बर्ष कार्यक्रम नवीकरण गर्नुपर्ने ब्यबस्था भए अनुसार यस बर्ष परिषद कार्यलयबाट गरिएको नियमित अनुगमन बाट योग्य ठहरिएका संस्थाका कार्यक्रमहरुको नवीकरण गर्न सुचनामा उल्लेख गरिएको छ। नवीकरण Online मार्फत गर्न सकिने छ।
नवीकरणको लागि परिषदले नवीकरण शुल्क, TMIS शुल्क र अन्य कागजात गरु सहित सुचना प्रकाशित गरिएको २१ दिन भित्र अर्थात २०७९ जेठ १२ गते देखि २०७९ असार १ गते सम्म नियमित शुल्क र असार ८ सम्म बिलम्ब शुल्कमा Online मार्फत नवीकरण गर्न सकिने छ।
अनलाइन बाट आवेदन पेश गर्दा संस्थाको लेटर प्याडमा अनुरोध पत्र सहित परिषदको वेबसाईटको Quick Link मा वा https://tinyurl.com/ctevt2079 मा ओअत्र पठाउनु पर्ने छ।
नवीकरण गर्दा TIMS शुल्क रु. २ हजार , प्री डिप्लोमा तह को पागी १० हजार प्रती थप कार्यक्रम रु ५ हजार र प्रमाणपत्र / डिप्लोमा तह को लागि ३० हजार त प्रती थप कार्यक्रमको लागि १० हजार शुल्क लाग्ने जनाइएको छ।
