Jul 27 2026 | २०८३, श्रावण ११ गते

पोखरा बिश्वबिद्धालयले गृहिणी महिलालाई सूचना प्रविधि साक्षरता र सीप तालिम दिंदै ।

पोखरा बिश्वबिद्धालयले गृहिणी महिलालाई सूचना प्रविधि साक्षरता र सीप तालिम दिंदै ।

  • 378
    SHARES

  • पोखरा बिश्वबिद्धालयले गृहिणी महिलालाई सूचना प्रविधि साक्षरता र सीप तालिम दिंदै ।

    जेठ २२ गते पोखरा - पोखरा विश्वविद्यालयले गृहिणी महिलालाई सूचना प्रविधि साक्षरता र सीप तालिम दिंने  भएको छ। बिश्वबिद्धालयको रजतजयन्तीको विशेष कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका वडा नं. ३० का स्थानीय महिलाहरूलाई सूचना, प्रविधि, साक्षरता र सीप तालिम दिने भएको हो ।

    पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रद्वारा आयोजित एक कार्यक्रममा स्थानीय गृहिणी महिलाहरूलाई भेला पारेर यस्तो जानकारी दिइएको हो । उक्त कार्यक्रमको उद्घाटन सत्रमा २१ जना गृहिणी महिलाहरू सहभागि थिए।

    सूचना प्रविधि साक्षरता र सीप तालिम विश्वविद्यालयको इन्फरमेशन एक्सेस सेन्टरमा सञ्चालन हुने जनाइएको छ भने यस कार्यक्रमको उदेश्य चुलो चौका सँगसँगै आधुनिक सूचना तथा प्रविधिसँग गृहिणीलाई परिचित गराउनु रहेको बिश्वबिद्धालयले जनाएको छ।

    बिश्वबिद्धालयका अनुसार प्रविधि मैत्री मोबाइल, ल्यापटप, कम्प्यूटरको प्रयोगबाट अनलाइन व्यापार व्यवसाय सञ्चालन कसरी गर्न सकिन्छ, डिजिटल वालेट, डेबिट वा क्रेडिट कार्र्ड, ई–बैकिङ्ग, मोबाइल बैकिङ्ग, अटोमेटेड टेलर मेशिन (एटिएम) आदिबाट डिजिटल भुक्तानी कसरी गर्न सकिन्छ भन्ने बारेमा ज्ञान र तालिम दिइने बताइएको छ ।

    यस कार्यक्रमको माध्यमबाट गृहिणीले इन्टरनेटसम्बन्धी र छिटो छरितो रुपमा सूचना आदान प्रदानसम्बन्धी ज्ञान हासिल गर्नेछन भने देश बिदेशमा रहेका आफ्ना श्रीमान्, छोराछोरी, नातागोता ईष्टमित्रसँग भिडियोमा कुराकानी, च्याट, डिजिटल रूपमा बिजुली, पानी, टेलिफोन आदिको बील भुक्तानी गर्न उनीहरू सक्षम हुने विश्वास विश्वविद्यालयले लिएको छ ।

    कार्यक्रममा पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह–प्रा.डा. नमराज धामी, स्कूल अफ बिजनेशका स्कूल निर्देशक डा. सृजन ज्ञवाली, स्कूल अफ बिजनेशका उपप्राध्यापक दीपाञ्जल, श्रेष्ठ र सहभागि महिलाहरूको तर्फबाट इन्दिरा तिवारीले कार्यक्रमका बारेमा बोल्नु भएको थियो । कार्यक्रम सञ्चालन चनमति तामाङ्गले गर्नुभएको थियो ।

    स्रोत: पोखरा बिश्वबिद्धालय

    images
    मंगलवार, जेठ २४ २०७९०७:४८:२०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार