शुक्रवार, आषाढ १७ २०७९
असार, १७ काठमाडौ - कुलेश्वर आवस माध्यायमिक विधालय गैर नाफामुलक सार्वजनिक शैक्षिक ट्रस्ट अन्तर्गत सञ्चालित शान्त र अनुकुल वातावरणमा अवस्थित, निम्न र मध्यम तहको अभिभावकहरुको किफायतितलाई ध्यानमा राख्दै उचित शुल्कमा गुणस्तरिय शिक्षाको लागि प्रसिद्ध छ। सार्वजनिक शिक्षाकोष अन्तर्गत गैर नाफामुखि कुलेश्वर आवास बिद्यालयको स्थापना २०४६ मा भएको हो ।
नेपाल सरकारले उपलब्ध गराएको ९।२ रोपनीको जग्गामा आफ्नै अत्त्याधुनिक भवन भएकाले, विद्यालयले विद्यार्थीलाई उचित शुल्कमा गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको छ ।
विद्यार्थीहरुलाइ विश्व स्तरको शिक्षा प्रदान गर्नका लागि यसले अन्तराष्ट्रिय तथा राष्ट्रिय विद्यालयहरु जस्तै बेलायत, इजरायलका विभिन्न विद्यालयहरु र बुढानिलकण्ठ स्कुल संग सहकार्य र सांस्कृतिक आदान प्रदान कार्यक्रम, विद्यार्थी आदान प्रदान कार्यक्रम, भिडियो कन्फे्रन्सिङ मार्फत विश्वव्यापी साँझेदारी कार्यक्रम विस्तार गरेको छ ।


वास्तबमा विद्यार्थीहरुले अवसरको सदुपयोग गर्न मात्र नभई विद्यार्थीहरुको सारीरिक,मानसिक,भावनात्मक,बौद्धिक र सामाजिक विकासको लागि आधुनिक सुचना सञ्चार प्रविधिको मिश्रण गरी मुल्यमा आधारित शिक्षा सहित समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रतिबद्ध छ ।
कक्षा १ देखि १२ सम्म अध्ययन तथा अध्यापन हुने विद्यालयमा करिब १ हजार भन्दा विद्यार्थी छन् ।


यस पुस्तकालयमा नयाँ प्रकाशनको सामाग्रीहरु, दैनिक पत्रपत्रिकाहरु र नेपाल र बिदेशमा प्रकाशित आवधिक बुलेटिनहरुको संग्रह गरिएको छ।
यस बिद्यालयमा आधुनिक सुचना र प्रबिधि कक्ष छ जहाँ धेरै संख्यामा कम्प्युटरको प्रयोग गरिएको छ। मल्टिमिडियाको प्रयोगबाट शिक्षण सिकाइ प्रक्रियालाई जिवन्त र रोचक बनाइएको छ साथै विद्यार्थीहरुलाइ मिदासी इ कक्षाको अवसर दिइएको छ।
यस बिद्यालयमा आफ्नै प्रशस्त फिजिक्स, केमेस्ट्री, बायोलोजी संग सम्बन्धित सुसज्जित प्रयोगशालाहरु छन जहाँ प्रत्यक्ष विद्यार्थीहरुले बिज्ञान प्रबिधिको सुबिधाहरु प्रयोग गरि अध्यायन अनुसन्धान गर्दछन।
यस बिद्यालयमा बालकक्षा (प्री-प्राइमरी) देखि उच्च शिक्षा सम्मको शैक्षिक कार्यक्रमहरु चलिरहेको छ। जहाँ परिस्कृत सुबिधाहरुको प्रावधान गरिएको छ भने विविध शैक्षिक कार्यक्रमहरुको आवस्यकतालाई मध्यनजर गर्दै यी कार्यक्रमहरु थप गरिएका छन ।
+2 कार्यक्रम अन्तर्गत, बिगत ४ बर्ष देखी ब्यबस्थापन, बिज्ञान , मानविकी, शिक्षाशास्त्र र कानुन बिषयमा पढाई हुने गरेको छ। गैर नाफामुलक संस्था भएको कारण न्यून मुल्यमा गुणस्तरीय शिक्षा तथा अतिरिक्त कृयाकलापको लागि कुलेश्वर आवास माध्यमिक बिद्यालय अन्य निजि शैक्षिक संस्था भन्दा सस्तो र उत्कृष्ट रहदै आएको छ।
यस बिद्यालयले शिक्षा क्षेत्रमा स्पस्ट रुपमा बिबिध कार्यक्रम मार्फत शैक्षिक स्तर उन्नतिमा तिब्र गतिमा फड्को मार्नेछ। स्कुलमा छिटो भन्दा छिटि प्राबिधिक र पेशागत कार्यक्रम चलाउने योजना रहेको बताइएको छ। साथैसाथै बिद्यालय ब्यबस्थापकले दिन रात नभनिकन बिद्यालयलाई अन्तर्राष्ट्रिय छवि हुने खालको स्नातक तहको कार्यक्रम थप्ने योजना रहेको समेत बताइएको छ।
स्नातक तहको कार्यक्रम अन्तर्गत आगामी दिनमा पुर्वान्चल बिश्वबिद्धालय को BBA र BIT संकाय समेत सन्चालन गर्ने भएको छ।
कुलेश्वर आवास माध्यमिक बिद्यालय नै किन?



