मंगलवार, आषाढ २१ २०७९
असार, २१ काठमाडौ । चिकित्सा शिक्षा ऐनले १०० शय्याको अस्पताल अनिवार्य हुनुपर्ने ब्यबस्था गरेको कारण निजी क्षेत्रबाट सञ्चालित ७८ वटा नर्सिङ नर्सिङ कलेज बन्द हुने भएका छन।
चिकित्सा शिक्षा आयोगले लागू गरेको चिकित्सा शिक्षा ऐनको व्यवस्था अनुसार ती कलेज बन्द भएका हुन्।
ऐनमा नर्सिङ कलेज सञ्चालन गर्न १०० शय्याको अस्पताल अनिवार्य हुनुपर्ने व्यवस्था छ । ऐनले लागू यस्तो ब्यबस्था लागु गरेपछी हाल सम्म नर्सिङ पढाइरहेका नर्सिङ कलेज बढाउन बाट बञ्चित भएका हुन। त्यो मापदण्ड पूरा गर्न नसकेका कलेज बन्द निश्चित भएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन लिएका ती कलेज बन्द हुँदा तीन हजारभन्दा बढी विद्यार्थी नर्सिङ पढ्नबाट वञ्चित भएका छन् ।
सीटीईभीटीको मापदण्ड अनुसार ५० र १०० शय्याको अस्पतालसँग सम्बन्धन प्राप्त गरी सञ्चालनमा रहेका ती शैक्षिक संस्थाले ऐनमा भएको १०० शय्याको आफ्नै अस्पताल हुनुपर्ने व्यवस्थाले भर्ना लिन नपाएको स्वास्थ्य तथा प्रविधि विज्ञान मञ्चका अध्यक्ष डा. नेत्रराज चटौतले बताए ।
यसअघि ऐनले नै दुई वर्षभित्र १०० शय्याको अस्पताल बनाउन भनेको थियो । तर, उनीहरू त्यो बीचमा मौन बसे । जसले गर्दा अन्तिममा आएर सरकारले मापदण्ड पूरा नगरेका कलेजलाई भर्ना लिन रोक लगाएको हो ।
एक कलेजले ४० जना विद्यार्थी पढाउँछ । जसमा ४ जना पूर्ण छात्रवृत्ति र ३६ जना शुल्क तिरेर पढ्दै आएका थिए ।