Jul 27 2026 | २०८३, श्रावण ११ गते

कृषि विकास बैंकमा १५२ पदकालागि बिज्ञापन खुल्यो। (बिज्ञापन सहित)

कृषि विकास बैंकमा १५२ पदकालागि बिज्ञापन खुल्यो। (बिज्ञापन सहित)

  • 2.1K
    SHARES

  • कृषि विकास बैंकमा १५२ पदकालागि बिज्ञापन खुल्यो। (बिज्ञापन सहित)

    असार, २४, काठमाडौ । कृषि विकास बैंकले कर्मचारीको स्थायी पदपूर्ति गर्ने भएको छ । बैंकले१५२ पदका लागि शुक्रबार दरखास्त आह्वान गरेको हो ।

    लोकसेवा आयोगद्वारा गोरखापत्रमा प्रकाशित सूचना अनुसार बैंकले ५ जना अधिकृत (शाखा प्रमुख), ४७ जना व्यवसाय अधिकृत (अधिकृत), १७ जना कम्युटर अधिकृत, ३ जना इन्जिनियर (सिभिल) र १२ जना कर्जा अधिकृत, २३ जना व्यवसाय सहायक, ६ जना कानुन सहायक, ५ जना ऋण सहायक र ४ जना लेखपालका लागि दरखास्त आह्वान भएको छ ।

    कृषि बैंकले कुल १५२ कर्मचारी माग्दा खुलातर्फ ८२ सिट छ । आवेदन दिने योग्यता पुगेका नेपाली नागरिकहरुले कृषि बिकास बैंकको वेबसाईट http://recruitment.adbl.gov.np मार्फत  साउन १२ भित्र अनलाइन आवेदन दिन सक्ने छन।

    बिस्तृत जानकारीका लागि हेर्नुस बिज्ञापन ।

    FB_IMG_1657240704584.jpgScreenshot_20220708-062656_Facebook.jpgScreenshot_20220708-062737_Facebook.jpg

    images
    शुक्रवार, आषाढ २४ २०७९०७:११:१२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार