Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिभुवन बिश्वबिद्धालयको ६३ औं बार्षिक दिवस सम्पन्न

त्रिभुवन बिश्वबिद्धालयको ६३ औं बार्षिक दिवस सम्पन्न

  • 939
    SHARES

  • त्रिभुवन बिश्वबिद्धालयको ६३ औं बार्षिक दिवस सम्पन्न

    असार, २४ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालयको ६३ औं बार्षिक दिवस सम्पन्न भएको छ। बिश्वबिद्धालयका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सम्पन्न भएको हो।

    बार्षिक दिवसका अवसरमा प्रधानमन्त्री तथा कुलपति देउवाले नेपाल र त्रिभुवन विश्वविद्यालयको झण्डोत्तोलन गर्दै साथै त्रिवि सभाको वार्षिक साधारण बैठक उद्घाटन गर्नुभयो। बार्षिक दिवस तथा साधारण सभाको बैठकमा शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री तथा सहकुलपती देवेन्द्र पौडेलको उपस्थिति रहेको थियो।FB_IMG_1657279988392.jpg

    ६३ औं वार्षिक दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै प्रम देउवाले त्रिविलाई विविध पक्षवाट सहयोग गरी आजको अवस्थासम्म ल्याइपुर्‍याउन योगदान गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    त्रिभुवन स्मृति भवन कीर्तिपुरमा आयोजित वार्षिक र साधारण दुवै सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले समाजका सबै वर्ग र समुदायले सहज र सुलभ रुपमा उच्च शिक्षा प्राप्त गरी आफ्नो प्रतिभा र सिर्जना राष्ट्र र समाजको लागि उपयोग गर्नसक्ने वातावरण निर्माणको राष्ट्रिय दायित्व रहेको जानकारी गराउनुभयो ।FB_IMG_1657279983517.jpg

    उहाँले विश्वविद्यालयबाट सञ्चालित उच्चशिक्षालाई विश्व परिवेश अनुकूल बनाउँदै अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने गुणस्तरीय जनशक्ति उत्पादन गर्ने र प्राज्ञिक कार्यक्रलाई सुधार र परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गर्नुभएको थियो । उच्चशिक्षा अध्ययनका लागि विदेशिने विद्यार्थीहरुलाई आफनै देशमा उनिहरुको रुचि र बजारको माग अनुसारको शिक्षा प्राप्त गर्ने वातावरण बनाई राष्ट्रको ठूलो धनरासी जोगाउन विश्वविद्यालयका पदाधिकारीहरु समक्ष अनुरोध गर्नुभएको थियो ।

    साथै कुलपति देउवाले आर्थिक वर्ष २०७९।८० को बजेट नीति तथा कार्यक्रमले विश्वविद्यालयको प्राज्ञिक स्तर उकास्न र भौतिक पूर्वाधारमा सुधार ल्याई आधुनिक सुविधा सम्पन्न शैक्षिक संस्थाको रुपमा विकसित हुने विश्वास व्यक्त गर्नुभएको थियो । त्यसैगरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्री तथा त्रिभुवन विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेलले गौरवशाली इतिहास बोकेको त्रिभुवन विश्वविद्यालयबाट उत्पादित जनशक्तिले नै मुलुकको राजनीति, प्रशासन, शिक्षा र व्यवसाय धानिरहेको उल्लेख गर्दै त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन तथा पदाधिकारीहरुका विरुद्ध पछिल्ला दिनहरुमा गैरप्राज्ञिक तथा अराजनीतिक गतिविधिमार्फत नाजायज मागहरु पुरा गराउन भइरहेको असभ्य गतिविधिको अन्त्य हुनुपर्ने बताउनुभयो ।FB_IMG_1657279038318.jpg

    उहाँले त्रिविलाई राष्ट्रको इतिहास र संस्कृतिसँग सम्बन्धित विषयवस्तुलाई जोगाइराख्नुपर्ने र विश्वपरिवेशमा मानवहितका लागि सिर्जित नयाँ ज्ञान र प्रविधि प्रयोगको दायित्व बढाउने बताउनुभयो ।

    सरकारले यसै वर्षको नीति कार्यक्रम तथा बजेटमा त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउने लक्ष्य लिएकोले आफ्ना विगतको प्राज्ञिक यात्राको समीक्षा गरी प्रतिस्पर्धी शैक्षिक केन्द्रको रुपमा अघि बढन विश्वविद्यालयलाई आग्रह गर्दै आफुले आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

    त्यसतै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा धर्मकान्त वास्कोटाले त्रिभुवन विश्वविद्यालयले विविध आर्थिक तथा व्यवस्थापकीय चुनौतीका बावजुत पनि उच्चशिक्षालाई प्रतिस्पर्धी व्यावहारीक र गुणस्तरीय बनाउन आफूहरु प्रयत्नशिल रहेको बताउनुभयो ।Screenshot_20220708-141513_Facebook.jpg

    उहाँले त्रिविले उच्चशिक्षाका लागि वर्षेनी हजारौ विद्यार्थी बाहिरिने समस्याको समाधान गर्न योजनाबद्ध ढंगले लागिरहेको जानकारी गराउदै एशियाका उत्कृष्ट विश्वविद्यालयहरुमा त्रिविले २०१ देखि २५० सम्ममा आफूलाई उभ्याउन सकेको, विश्वविद्यालयको अन्तराष्ट्रियस्तरको विस्तारित वेबपेज निर्माण भएको, केन्द्रीय पुस्तकालयलाई प्रविधिमैत्री बनाई उपलब्ध पाठ्यसामग्रीहरुलाई अन्तराष्ट्रियकरण गर्न सफल भएको, बौद्धिकचोरी नियन्त्रण गर्र्न विद्युतीय संयन्त्र प्रयोग गर्न थालिएको, बैज्ञानिक अनुसन्धान र नीतिगत अनुसन्धानमा बजेट बृद्धि गरिएको, आर्थिक अनुशासन कायम गरी बेरुजु न्यूनीकरण गर्ने अभियान थालिएको, विश्वविद्यालयको पूनः संरचना गर्न विशेष कार्यदल गठन गरी काम अघि बढाइएको बताउनुभएको थियो ।Screenshot_20220708-141446_Facebook.jpg

    त्यसैगरी २०७२ सालको भूकम्पले जीर्ण भएको भौतिक संरचनाको पुननिर्माण हुन नसकेको, नेपाल सरकारले त्रिभुवन विश्वविद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको उपदान तथा निवृत्तिभरणको दायित्व नलिएकोले निवृत्तिभरण व्यवस्थापनमा चुनौती थपिएको उल्लेख गर्नुभएको थियो ।

    सरकारले वर्षेनी दिइदै आएको एकमुष्ट अनुदान कटौती गर्दै जाने र बढेको तलव तथा सुविधाको दायित्व नलिने प्रणालीले विश्वविद्यालय सञ्चालनमा थप कठिनाई सिर्जना भइरहेको बताउनुहुँदै त्रिविलाई अनुसन्धानमुखी, नवप्रवर्तनात्मक, प्रविधिमैत्री र सिर्जनशिल ज्ञानको केन्द्रको रुपमा विकसित गर्न सहयोग गरिदिनुहुन प्रधानमन्त्री तथा कुलपति समक्ष अनुरोध गर्नुभएको थियो ।

    त्रिवि सभाको उक्त बैठकले वैठकले ६० औं ग्रेस लिस्ट पारित गर्दै मिति २०७८ असार १ देखि २०७९ जेठ मसान्त भित्र तोकिएका सम्पूर्ण आवश्यकता पुरा गरी स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि परीक्षा समेत उर्तीण गरी ट्रान्सक्रिप्ट समेत लिएका ६३ हजार १ सय ३७ विद्यार्थीहरुलाई दीक्षान्त समारोहमा सहभागी हुने अवसर प्रदान गरेको छ ।

    ग्रेसलिस्टमा व्यवस्थापन संकायको तर्फवाट २२ हजार ९ सय ४२, शिक्षाशास्त्र संकायबाट १५ हजार ६७, मानविकी तथा सामाजिकशास्त्र संकायबाट १३ हजार ५ सय ९, कानुन संकायवाट १ हजार ३ विद्यार्थीहरु संलग्न छन भने अध्ययन संस्थानहरुमा विज्ञान तथा प्रविधि अध्ययन संस्थानका ४ हजार ३ सय ७९, इन्जिनियरिङ्ग अध्ययन संस्थानका ३ हजार ४ सय ९३, चिकित्साशास्त्र अध्ययन संस्थानका २ हजार ४४, कृषि तथा पशुविज्ञान अध्ययन संस्थानका ४ सय ७६ र वनविज्ञान अध्ययन संस्थानका २ सय २४ विद्यार्थीहरु समावेश भएका छन् । यसैगरी त्रिवि सभाको साधारण बैठकले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित गरिएको रु २४ अर्ब ८७ करोड ५७ लाख १४ हजार रुपैयाको बजेट समेत पारित गरेको छ ।

    सभाले त्रिवि आर्थिक व्यवस्थापन तथा खरिद सम्बन्धी नियम–२०५० मा सार्वजनिक खरिद ऐन–२०६३ एवम् सार्वजनिक खरिद नियमावली–२०६४ को प्रावधान अनुसार हुने गरी संशोधन गर्नुका साथै त्रिवि सभाका सभासदहरुलाई दिइदै आइरहेको बैठक भत्ता रु १६००।– लाई संशोधन गरी ४,०००।– पुर्‍याएको छ । त्यसैगरी कार्यकारी परिषदको बैठक भत्ता रु ८००।– बाट रु २,०००।– पुर्‍याएको छ ।

    उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा पेशल दाहालले आर्थिक बर्ष २०७९/०८० को बजेट पेश गर्नुभएको थियो । आर्थिक वर्ष २०७९/०८० का लागि प्रस्तावित बजेट रु २४ अर्ब ८७ करोड ५७ लाख १४ हजार मा नेपाल सरकारसँग आ.व. २०७९/०८० को बजेट बक्तव्य मार्फत शिक्षक/कर्मचारीको तलवमानमा गरेको १५ प्रतिशत बृद्धि सहित रु १४ अर्ब ३९ करोड ७ लाख ३० हजार प्रस्ताव गर्नुभएको छ भने आन्तरिक तर्फ सञ्चालन तथा पुँजीगत खर्च गरी ९ अर्ब ५९ करोड ४९ लाख ४२ हजार र विकास कार्यक्रम तर्फ ८९ करोड ४२ हजार रकम प्रस्ताव गर्नुभएको छ ।

    यसैगरी आगामी वर्षको लागि नियमित कार्यक्रममा हुने खर्च १४ अर्व ३९ करोड ७ लाख ३० हजार मध्ये केन्द्रीय आन्तरिक आम्दानीबाट १ अर्ब ४० करोड ९७ लाख ९१ हजार बेहोर्ने र बाँकी १२ अर्ब ९८ करोड ९ लाख ३९ हजार विश्वविद्यालय अनुदान आयोग मार्फत नेपाल सरकारसँग अनुदान माग गर्ने प्रस्ताव राख्नुभएको छ ।

    त्रिभुवन विश्वविद्यालय सभाको वार्षिक दिवस तथा साधारण बैठकको सञ्चालन शिक्षाध्यक्ष प्रा.डा शिवलाल भुसालले गर्नुभएको थियो ।FB_IMG_1657279995181.jpgFB_IMG_1657279990734.jpgFB_IMG_1657279060134.jpgFB_IMG_1657279050084.jpg

     

    images
    शुक्रवार, आषाढ २४ २०७९०५:५८:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार