नेपाल सरकार राष्ट्रिय योजना आयोग केन्द्रीय तथ्याङ्क विभागले आगामी राष्ट्रिय जनगणना २०७८ काे लागि करारमा गणक तथा सुपरिवेक्षक भर्ना (अनलाइन) दरखास्त फाराम खुल्ला गरेको छ l राष्ट्रिय जनगणना सञ्चालन निर्देशिका २०७७ काे दफा १३ बमाेजिमकाे देहाय बमाेजिमकाे याेग्यता पुगेकाे नेपाली नागरिकले सुपरिवेक्षकका लागि आवेदन दिन सक्नेछन्। सुपरिवेक्षक र गणकको निम्ति आवश्यक योग्यता सम्बन्धि विवरण निम्न अनुसारको छ l
सुपरिवेक्षक
- न्यूनतम शैक्षिक याेग्यता: स्नातक तह वा साेसरह उत्तीर्ण गरेकाे ।
- उमेर: दरखास्त दिने अन्तिम मितिसम्म १८ (अठार) वर्ष पूरा भई ४० (चालिस) वर्ष ननाघेकाे। महिलाकाे हकमा ४५ (पैँतालिस्) वर्ष ननाघेकाे ।
- स्थानीय तह: सम्बन्धित स्थानीय तहमा बसाेबास गरेकाे नागरिक।
गणक
- न्यूनतम शैक्षिक याेग्यता: १०+२ (दश जाेड दुई) वा साेसरह उत्तीर्ण गरेकाे।
- उमेर: दरखास्त दिने अन्तिम मितिसम्म १८ (अठार) वर्ष पूरा भई ४० (चालिस) वर्ष ननाघेकाे। महिलाकाे हकमा ४५ (पैँतालिस्) वर्ष ननाघेकाे ।
- स्थानीय तह: सम्बन्धित स्थानीय तहमा बसाेबास गरेकाे नागरिक।
फारामकाे नमूना
नमूना फाराम एवं खाली दरखास्त फाराम यदि कुनै उम्मेद्वारले अनलाइनमार्फत दरखास्त नदिई फारममै दरखास्त भरी पेश गर्न चाहेमा जानकारीका लागि मात्र उपलब्ध गराइएकाे हाे।