मंगलवार, श्रावण ३ २०७९
साउन, ३ झापा। नेपालकै पुर्व झापा जिल्ला, मेचिनगर नगरपालिकामा अवस्थित बाल सुबोधिनी मावी अहिले उत्कृष्ट शिक्षण सिकाइ प्रक्रियामा चर्चित बनेकोछ। देशै भरिका धेरै जसो शिक्षण संस्थाहरू फिल्ड भिजिट जादा होस या अन्य भिजिटको लागि समेत यो बिद्यालय आकर्षणको केन्द्र नै बनेको छ।

हालै शिक्षण सिकाइलाई प्रविधि मैत्री बनाउने उद्देश्यले झापा मेचीनगर १४ दुहागडी स्थित बाल सुबोधिनी माध्यमिक विद्यालयमा इन्टरेक्टिभ स्मार्टबोर्ड जडान गरिएको छ । रास्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट प्राप्त ६ लाख ५० हजार रुपैयाँबाट विद्यालयले कक्षामा स्मार्टबोर्ड सहित कम्प्युटर थप गरि अझ ब्यबस्थित गरिएको छ। 

लामो समय ब्लाक बोर्डमा शिक्षण गरि केही समय अघि देखि मात्रै ह्वाइट बोर्ड प्रयोग भइ रहेको सो विद्यालयलाई प्रविधी मैत्री बनाउन स्मार्टबोर्डको प्रयोग सुरु गरिएको प्रधानाध्यापक बिश्व थापाले बताउनु भयो। प्रधानाध्यापक थापाका अनुसार यस कार्यले बिज्ञान र प्रबिधिको प्रयोगमा ध्यान दिँदै आजको युग सुहाउँदो जनशक्ति निर्माणमा जोड दिएको बताउनुभयो। इन्टरेक्टिभ स्मार्टबोर्डको प्रयोगबाट पढ्न पाउने कुराले बिद्यार्थीहरु पनि दंग छ्न।

स्थानीय तह र शिक्षा नगर समितिले प्रबिधिको उचित प्रयोगको तालिमको व्यवस्था गराउन पर्ने देखिन्छ। दक्ष जनशक्ति र प्रबिधिमैत्री शिक्षक बिनाको प्रबिधिको कुनै अर्थ नहुने भन्दै बिधालय व्यवस्थापन समितिले बिधालयमा नै तालिम माग गरेका हुन। पक्कैपनि प्रबिधिको प्रयोगले परम्परागत शैलीबाट संचालित शिक्षा प्रणालीमामा नयाँपन आउनेछ।बालमैत्री वातावरणमा गुणस्तरीय शिक्षाको लागि यो प्रबिधि कोसेढुंगा साबित हुनेछ।


