Jul 27 2026 | २०८३, श्रावण ११ गते

भाइरल ज्वरो फैलिदा बिद्यालय धमाधम बन्द।

भाइरल ज्वरो फैलिदा बिद्यालय धमाधम बन्द।

  • 417
    SHARES

  • भाइरल ज्वरो फैलिदा बिद्यालय धमाधम बन्द।

    साउन १३ काठमाडौ । इलाममा रूघाखोकी र भाइरल ज्वरो तिब्र फैलिदा बिद्यालयहरू धमाधम बन्द गर्न थालिएका छन्। केही समयअघि इलाम नगरपालिकाभित्रका निजी सबै विद्यालय बन्द गरिएकोमा पछिल्लो समय जिल्लाभरि नै रुघाखोकी सहित ज्वरोका बिरामी बढ्न बिद्यालयहरु भन्द गर्न थालिएको हो।

    भाइरलका कारण सूर्योदय नगरपालिकामा सञ्चालित पञ्चकन्या अङ्ग्रेजी विद्यालय र एभरल्यान्ड इन्टरनेशनल एकेडेमीमा बन्द गरिएको छ। परीक्षा सञ्चालन भइरहेका अवस्थामा पनि बिद्यालय बन्द गर्नुपरेको बताइएको छ। चिकित्सकहरूले यसलाई भाइरल समस्या भएको जनाएका छन्।

    गाउँगाउँमा बिरामी हुने क्रम बढेपछि सरकारी तथा निजि अस्पतालहरुमा बिरामीको चाप बढ्दै गएको छ। ज्वरो आउने, रुघाखोकी लाग्ने, जिउ दुख्ने, हातखुट्टा करकर खाने, छाती र घाँटी दुख्नेलगायतका लक्षण बिरामीमा छ। बालबालिकामा समेत क्षणमा ज्वरो आउने क्षणमै ज्वरो घट्ने, शरीरका केही भागमा तापक्रम बढे पनि केही भागमा चिसोपना नै रहनेलगायतका लक्षण देखिएको छ । कतिपय बिरामीमा अधिक टाउको दुख्ने, बान्ता हुने लक्षणसमेत देखापरेको छ ।

    अस्पतालमा शैय्या नहुँदा बिरामीलाई भुइँमा राखेरसमेत उपचार गराइँदै आएको छ । बिरामीलाई चिकित्सकले भीडभाडमा नजान र मास्कको प्रयोग गर्न सुझाव दिँदै आएका छन्। पानी उमालेर मात्र खाने, चिसोबाट जोगिनसमेत स्वास्थ्यकर्मीको सल्लाह छ । बर्खामा दूषित पानीसहितको भेल पानीको मुहानमा पस्ने र सोही पानी प्रयोगका कारण पनि ज्वरोका बिरामी बढेको जनाइएको छ ।

     

    images
    शुक्रवार, श्रावण १३ २०७९०७:२५:२२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार