Jul 27 2026 | २०८३, श्रावण ११ गते

आइटी र पुस्तकालय शिक्षकलाई तालिम दिन प्याब्सनले गर्‍यो सम्झौता ।

आइटी र पुस्तकालय शिक्षकलाई तालिम दिन प्याब्सनले गर्‍यो सम्झौता ।

  • 741
    SHARES

  • आइटी र पुस्तकालय शिक्षकलाई तालिम दिन प्याब्सनले गर्‍यो सम्झौता ।

    साउन, १३ काठमाडौ । निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) ले विद्यालय तहमा आइटी र पुस्तकालय शिक्षक उत्पादन गर्ने उदेश्यले लाइब्रेरी डेभलपमेन्ट फोरम र आइटी महासंघ नेपालसँग सम्झौता गरेको छ ।

    राजधानिमा आयोजित एक कार्यक्रमका विच विद्यालय तहमा पुस्तकालय व्यवस्थापन र प्राविधिक तर्फ दक्ष शिक्षकको आवश्यकता रहेकोले लाइब्रेरी डेभलपमेन्ट फोरम र आइटी महासंघ नेपालसँग सम्झौता गरेको हो ।

    प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले शिक्षामा रुपान्तरण गर्नुपर्छ भन्ने उदेश्यले विभिन्न संस्थाहरुसँग सम्झौता गर्ने क्रममा लाइब्रेरी डेभलपमेन्ट फोरम र आइटी महासंघ नेपालसँग सम्झौता गरीएको जानकारी दिए । उहाँले २५ देखि ३० जनालाई पालिका स्तरमा निरन्तर तीन वर्षसम्म तालिम सञ्चालन गरीने समेत बताए ।

    लाईब्रेरी डेभलपमेन्ट फोरमका अध्यक्ष यज्ञराज भट्टले धेरै शैक्षिक संस्थाहरुले पुस्तकालयका बारेमा केही नसोची विद्यालय खोल्ने गरेको बताउँदै पुस्तकालयका बारेमा तालिम दिन अति आवश्यक रहेको बताए । उनले अहिले भएका व्याक्तिहरु पुस्तकालय कुर्ने मात्र काम गरेको भन्दै पुस्तकालय शिक्षकको आवश्यक रहेको र पुस्तकालय शिक्षकका लागि तालिम दिने उदेश्यले प्याब्सनसँग सहकार्य गरीएको जानकारी दिए ।

    त्यसैगरी आइटी महासंघ नेपालका अध्यक्ष राजु कुशवाहले कोभिड १९ पछि आइटीको महत्व बढेको र सबैले यसबारे बुुझेकोले पछिल्लो समयमा आइटीमा काम गर्न सहज भएको बताए । उनले विद्यालयमा नतिजा प्रकाशन, हाजिरि गर्नदेखि सबै कुरामा आइटीको आवश्यकता रहेको बताउँदै विद्यालयमा आइटीको विकास हुनुपर्नेमा जोडदिए ।

    विद्यालयमा आइटी शिक्षकको अति आवश्यक रहेका कारणले महासंघका प्रतिनिधिद्धारा आवश्यकता अनुसार प्याब्सनका विद्यालयमा तालिम सञ्चालन गरीने र त्यसै अनुसार सम्झौता गरीएको जनाइएको छ।

    भदौबाट लागु हने उक्त सम्झौता तीन वर्षसम्मका लागि गरीएकोले तीन वर्षमा प्याब्सनका सबै विद्यालयमा गरी ५ हजार आइटी र पुस्तकालयका शिक्षक तयार गरीने बताइएको छ।

     

    images
    शुक्रवार, श्रावण १३ २०७९०२:५३:२३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार